काठमाडौं- छाउगोठको नाममा व्यक्तिको घर भत्काउने गृह मन्त्रालयको कार्यप्रति संसद्मा विरोध गरिएको छ।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै नेकपाका सांसद गजेन्द्रबहादुर महत ‘काम नपाए बुहारी कुकुरको पुछ कन्याउ’ भन्ने उखान गृहमन्त्रालयसँग मिलेको बताए।
‘छाउगोठका नाममा हाम्रा घरहरु भत्काइएका छन्। एक जना मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ?’ गृहमन्त्रालयप्रति आक्रोश पाेख्दै महतले भने, ‘आठजना भारतीय नागरिककाे होटलमा मृत्यु भएको छ। होटल भत्काउँदै हिड्ने?'
बसको यात्राको क्रममा दुर्घटनामा हजारौंको मृत्यु भएको उल्लेख गर्दै उनले गृहप्रशानसनलाई प्रश्न गरे, ‘बस आगो लगाउँदै हिड्ने?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।