गाेरखा- गोरखामा टिपरकाे ठक्करबाट एक महिलाको मृत्यु भएकाे छ।
शुक्रवार बिहान ग १ ख ८०२७ नम्बरको टिप्परको ठक्करबाट स्थानीय मनमाया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
तामाङकाे मृत्यु भएपछि आक्रोसित स्थानीयले केही टिपर र स्काभेटरमा आगजनी र तोडफोड गरेका छन्।
उनीहरूले टिप्पर चालकलाई कडाभन्दा कडा कारवाहीको माग गर्दै प्रदर्शन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।