काठमाडौं- वामपन्थी नेता जागृतप्रसाद भेटवालको निधन भएको छ।
भेटवालको आज बिहान काठमाडौंको वीर अस्पतालमा निधन भएको हो।
नेकपा एमालेका केन्द्रीय लेखा आयोगका सदस्य रहेका भेटवाल पूर्व सांसद समेत थिए। उनी २०४८ र २०५१ सालमा चितवनबाट निर्वाचित भएका थिए।
भेटवाल केही समययता क्यान्सर रोगबाट पीडित थिए। उनलाई प्रोष्टेट ग्रन्थिको क्यान्सर भएको थियो।
पछिल्लो समयमा क्यान्सर शरीरका विभिन्न भागमा फैलिएपछि विगत डेढ महिनादेखि उनी अस्पतालमा उपचाररत थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।