एजेन्सी- कोरोना भाइरसको प्रकोप चीनसहित अन्य मुलकमा तीव्र गतिमा फैलन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वव्यापी स्वास्थ्य आपतकालीन घोषणा गरेको छ।
कमजोर स्वास्थ्य प्रणाली भएका देशहरुमा यसको प्रकोप महामारीका रुपमा फैलिन सक्ने भय रहेको जनाउँदै डब्ल्यूएचओले विश्वव्यापी रुपमा आपतकाल घोषणा गरिएको जनाएको छ।
विश्व आपतकालीन अवस्था घोषणा गर्नुको कारण चीनमा के भैरहेको छ भन्दा पनि अरु देशमा के भैरहेको छ भन्नेमा बढी केन्द्रित रहेको डब्ल्यूएचओका प्रमुख टेड्रोस अडनोम गेब्रियसले बताए। 'यस घोषणाको मुख्य कारण चीनमा के भइरहेको छ भन्ने होइन तर अन्य देशहरुमा के भइरहेको छ। थप प्रसारलाई सीमित गर्न हामी सबैले अबसँगै काम गर्नुपर्दछ,' उनले भने, 'चिन्ता यो छ कि यो कमजोर स्वास्थ्य प्रणाली भएका देशहरुमा फैलिन सक्छ।'
चीनमा कोरोना भाइरसका कारणा २१३ जनाको मृत्यु भइसकेको छ। चीनको हुबेइ प्रान्तको वुहान शहरमा गएको डिसेम्बरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण हाल कम्तिमा १८ देशमा पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।