• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपा बैठक : ठेकेदारका हातमा पार्टी पुगेको भन्दै चिन्ता, सरकारको चर्को आलोचना

एमसिसी, उपाध्यक्ष पद र समावेशिताका विषयमा पनि बहस
64x64
नेपाल लाइभ बिहीबार, माघ १६, २०७६  २०:४६
1140x725

नेकपा केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा एक समूहको छलफलमा उपस्थित नेताहरू। काठमाडौँको राष्ट्रिय सभागृहमा बुधबारदेखि बैठक जारी छ। तस्बिर : प्रदीपराज वन्त/रासस


काठमाडौं- ‘अध्यक्षद्वयले प्रतिवेदनमा नै आत्मआलोचना गरिसक्नुभयो, त्यसैले केही नबोलेर क्षमादान गर्नुपर्‍यो,’ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य समूह ४ मा छलफल थाल्नुअघि ठट्टा भयो। तर, जब छलफल सुरु भयो, उक्त समूहका कोही क्षमा गर्ने पक्षमा रहेनन्। सबैले सरकार, पार्टी अध्यक्षद्वको कामकारबाही, एमसीसी र समावेशिताका विषयमा चर्को आलोचना गरे।

समूह ४ मात्रै होइन, १५ वटै समूहका अधिकांश केन्द्रीय सदस्य सुरुमा सरकारविरुद्ध खनिए। त्यसपछि अध्यक्षद्वयको कार्यशैलीको आलोचना गरे भने एमसीसीको मुद्दामा चाहिँ पक्ष र विपक्ष दुवैमा केन्द्रीय सदस्यहरू देखिए। 

सरकार किन पुगेन जनतामा?
बुधबार नेकपा केन्द्रीय समितिको बैठक उद्घाटनका क्रममा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारले गरेका कामको इतिवृत्तान्त नै सुनाए। सरकारले काम गरेको तर सरकार विरुद्ध प्रचार आक्रमण भएको उल्लेख गरे। तर, उनको यो भनाइमा नेकपाका अधिकांश केन्द्रीय सदस्य सहमत देखिएनन्।

नेकपा समूह ४ का नेता जगन्नाथ खतिवडाका अनुसार धेरैले प्रधानमन्त्री ओलीका कुरामा प्रतिप्रश्न गरे। सारमा उनीहरूको भनाइ थियो, ‘आम जनताका लागि काम गरेको भनेर मख्ख पर्ने सरकार आम जनताको आक्रोशको शिकार किन बनिरहेको छ?’ सरकारले जनतासँग घनिष्ठ रहेर काम गर्न नसकेको उनीहरूको आरोप थियो। 

समूह २ मा पनि सरकारको आलोचना भएको केन्द्रीय सदस्य गणेश शाह बताउँछन्। सरकारको काम तल्लो वर्गमा पुगेको एहसास (महशुस) नभएको कुरा उठेको उनले बताए। उनी भन्छन्, ‘हाम्रो सरकारले जुन काम गरिरहेको छ। त्यसमा विमति छैन। तर, आधारवर्ग छ नि, उसले किन एहशास गरेन। सर्लाहीको किसानको आँशु कसले पुछ्ने हो?’

सरकारले पार्टी चलाइरहेका कारण तल्लो वर्गका कुरा सरकारसम्म नपुगेको कुरा समेत उठेको केन्द्रीय सदस्य झपट रावल बताउँछन्। उनका अनुसार प्रश्न उठेको छ, ‘सरकारले पार्टी कि पार्टीले सरकार चलाउने हो?’ सरकारले पार्टी चलाएका कारण जनप्रतिनिधीले धरातल छाडेको गुनासो केन्द्रीय सदस्यको छ। पार्टीले सरकार चलाउने अवस्था बनेपछिमात्रै जनताको गुनासो सुन्ने वातावरण बन्छ।

पार्टी ठेकेदारका हातमा गएको चिन्ता
नेकपाका केही केन्द्रीय सदस्यहरूले पार्टी ठेकेदारको हातमा पुगेकोमा चिन्ता व्यक्त गरेका छन्। छलफलका क्रममा महंगो हुँदै गएको निर्वाचन प्रणालीले पार्टीलाई ठेकेदारको हातमा पुर्‍याएको भन्दै केही केन्द्रीय सदस्यले चिन्ता व्यक्त गरेका हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

समूह २ मा यस विषयमा धेरै चर्चा भएको नेकपा नेता कैलाश ढुंगेलले बताए। आफूले र केही अन्य नेताले छलफलमा बोलेको कुरा बताउँदै उनले भने, ‘निर्वाचन प्रणाली अलि सरल, अलि जनपक्षीय र अलि वर्गपक्षीय हुनुपर्छ। एउटा गाउँपालिकाको अध्यक्ष बन्न २–३ करोड खर्च गर्नुपर्ने अवस्था आएको छ। अब  त त्यो खर्च धान्नका लागि ठूला–ठूला परियोजनाका ठेकेदार ल्याउनुपर्ने भयो।’

यसले गर्दा सामान्य आर्थिक अवस्थाको व्यक्ति निर्वाचनमा सहभागी हुन नसक्ने अवस्था आएको उनीहरूले बताए। कम्युनिस्ट पार्टीको सरकार हुँदा पनि सामान्य आर्थिक पृष्ठभूमिका नेता चुनावमा जाने अवस्था नबन्नु दुखद् रहेको उनीहरूको धारणा थियो। निर्वाचन कम खर्चिलो हुने विधी खोज्ने र त्यसमा राष्ट्रिय सहमति जुटाउनुपर्ने विषयमा छलफल भएको थियो। 

शिक्षा र स्वास्थ्यमा लगानी गर्नेलाई पार्टीको नेता नमान्ने विषयमा समेत छलफल चलेको छ। कम्युनिस्ट सरकारको लक्ष्य शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने रहेकाले यसमा निजी लगानी गरेर लाभ लिनेहरूलाई नेतृत्व तहमा ल्याउन नहुने केही केन्द्रीय सदस्यको धारणा छ।

उपाध्यक्ष पदका विषयमा प्रश्न 
पार्टीको सांगठनिक ढाँचालाई लिएर केही केन्द्रीय सदस्यले सवाल उठाएका छन्। उनीहरूले व्यक्ति हेरेर पद  निर्माण गर्ने होइन, पद निर्माण भएपछि त्यसको जिम्मेवारी उपयुक्त व्यक्तिलाई दिनुपर्ने सवाल उठाएका हुन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अध्यक्षद्वयको निर्णयबाट उपाध्यक्ष बनाइएका बामदेव गौतमका विषयमा केन्द्रीय सदस्यहरूले ठट्टा गरेका छन्। उनका कारण तल्ला कमिटीहरूमा समेत उपाध्यक्ष पद सिर्जना गर्नुपर्ने अवस्था बनेको विषयमा छलफल चलेको छ।

‘त्यसो भएन भने बामदेव कमरेडकै बेइज्जत हुन्छ,’ एक केन्द्रीय सदस्य धारणा उल्लेख गर्दै नेता खतिवडाले भने।

पार्टी बहुपदीय प्रणालीमा जानुपर्ने विषयमा समेत केही केन्द्रीय सदस्यले आफ्ना मत राखेका छन्। केन्द्रीय सदस्य झपट रावलका अनुसार ‘एक व्यक्ति, एक पद’को विषय पनि उठेको छ। उनले भने,‘‘एउटै व्यक्तिलाई दोहोरो–तेहोरो जिम्मेवारी दिनुहुँदैन भनेर केही कमरेडहरूले जोडतोडका साथ कुरा उठाउनुभएको छ।’

एमसीसीमा विज्ञको समूह बनाउनुपर्ने
मिलिनियम कर्पोरेसन एशोसिएसन (एमसीसी)का विषयमा मिश्रित धारणा आइरहेको छ। विशेषगरी प्रधानमन्त्री ओली पक्षधर केन्द्रीय सदस्यहरू यसको पक्षमा देखिएका छन् भने अन्य चाहिँ विरोधमा। 

एउटा विज्ञको समूह बनाएर अध्ययन गराउनुपर्ने यस विषयको मध्यबिन्दूका रुपमा अघि सारिएको छ। जसले एमसीसी सहयोगका प्रभावहरू, हानीहरू र लाभहरू केलाएर पार्टीलाई रिपोर्ट दिनुपर्नेछ। सोही आधारमा निर्णयमा पुग्नुपर्ने मत एकथरीको छ। ‘यसमा हतार गर्नुहुँदैन। थप अध्ययन गरेर लाभहानी हेर्नुपर्छ भन्ने पक्षमा धेरै जनाको मत छ,’ नेता खतिवडाले भने।

यसैगरी एमसीसी स्वाधीनतासँग मेल नखाने भएकाले तत्काल अगाडि बढाउन नसकिने धारणा केहीको छ। ‘पैसाका लागि देश धरौटी राख्न सकिँदैन भन्नेसम्मका कुरा आएका छन्,’ रावलले भने।

केही नेताहरूले भने एमसीसी पारित गर्नुपर्ने धारणा राखेका छन्। समूह २ मा नेता विष्णु रिजालले स्पष्ट रुपमा भने, ‘राज्य राज्यबीचको सम्झौता हो। यसमा धेरैवटा सरकारहरू संलग्न हुँदै आएका छन्। नेपालजस्तो मुलुकलाई ठ्याक्कै हात झिक्न पनि

कठिन छ। बरु त्यसमा रहेका केही अस्पष्टतालाई सम्बन्धित मुलुकसँग छलफल गरेर हटाउनुपर्छ। तर त्यसबाट फाइदा लिन चुक्नुहुँदैन।’

सचिवालयलाई समावेशी बनाउन जोड 
नेकपाको सचिवालयलाई चाँडोभन्दा चाँडो समावेशी बनाउनुपर्ने धारणा केन्द्रीय सदस्यहरूले राखेको नेकपा नेतृ ओनसरी घर्ती बताउँछिन्। महिला सहभागिता ३३ प्रतिशत बनाउनुपर्ने विषयमा महिला नेतृहरू एकमत छन्। 

‘पार्टीका विभिन्न संगठनमा मात्रै नभई राजनीतिक नियुक्तिमा समेत कम्तिमा ३३ प्रतिशत महिलाले अवसर पाउनुपर्छ भन्ने विषयमा महिला साथीहरूले धारणा राख्नुभएको छ,’ उनले भनिन्।

नेता रावलका अनुसार ३३ प्रतिशत महिला निःशर्त हुनुपर्ने कुरा उठाउनुका साथै भूगोल र जातीय रुपमा समावेशी बनाउन समेत माग गरिएको छ। सचिवालयको संख्या १५ पुर्‍याएर त्यस्तो गर्ने विकल्पमा समेत केन्द्रीय सदस्यमाझ छलफल चलिरहेको छ। 

प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६  २०:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ?
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
सम्बन्धित सामग्री
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? उनले यसअघि केपी शर्मा ओली, सुशीला कार्की र वर्तमान सरकारको समेत आलोचना गर्दै आएको उल्लेख गरे । व्यक्तिगत सम्बन्ध आफ्नो ठाउँमा भए पनि... शुक्रबार, कात्तिक २७, २०८३
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश मनोजकुमार शर्माले नवनियुक्त न्यायाधीशहरूल... शुक्रबार, कात्तिक २७, २०८३
‘सरकार कोठा खाली छ’ आन्दोलनलाई समर्थन गर्न जेनजी अगुवा मिराज ढुंगाना माइतीघरमा दलित अभियान्ता दीपा नेपाली सरकारलाई ‘सरकार, कोठा खाली छ?’ भन्ने प्रश्न सोध्न लिएर सडकमा उभिएको लामो समय भयो । शुक्रबार, कात्तिक २७, २०८३
ताजा समाचारसबै
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्