काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) गोर्कण रिसोर्ट र दरबारमार्ग लिज प्रकरणमा संसदीय समितिमा शंकैशंका, प्रधानमन्त्री कार्यालय र नेपाल ट्रष्टलाई एक साताभित्र अध्ययन गरेर जवाफ दिने तयारीमा बस्न लेखा समितिको निर्देशन ।
२) केन्द्रीय समितिले गरेका निर्णयबाट नेपाली कांग्रेसका शीर्ष नेता पछि हटेकाले नेविसंघ थप संकटमा, आमरण अनशन बेवास्ता गर्दै गठन गरियो तदर्थ समिति ।
३) टेस्ला र अउडीको आधिकारिक प्रमाणपत्र दिने कम्पनी एउटै, वाणिज्यले अर्थलाई भन्यो– आवश्यक निर्णय गर्नू, नजिर बनाउने व्यवसायीको योजना विफल ।
४) वेष्ट इन्डिजका स्टार क्रिकेटर क्रिस गेलले पनि इपिएल खेल्ने, पोखरा राइनोज टिममा ‘आइकनिक’ खेलाडीका रुपमा अनुबन्धित, भन्छन् –मेरो टिमलाई समर्थन गर्न आउनुहोला ।
५) र, भारतीय वामपन्थी नेता कन्हैया कुमारसहित कार्यक्रममा सहभागी सबै प्रहरी हिरासतमा, एक महिनाको जन–गण–मन यात्राको सुरुवात अगावै समातिए ।
विस्तृत समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।