काठमाडौं- दिपेन्द्र के खनालद्वारा निर्देशित फिल्म ‘आमा’को ‘मनको मौलोदेखि मन्दिरसम्म’ बोलको गीत सार्वजनिक भएको छ।
सार्वजनिक लिरिकल गीतमा सो फिल्मका मुख्य कलाकार मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरीलाई देख्न सकिन्छ।
केतन क्षेत्रीको स्वर रहेको गीतमा भुपेन्द्र खड्काको शब्द र सुभाष भुषालको संगीत रहेको छ। दिपेन्द्र के. खनालले निर्देशन गरेको फिल्म ‘आमा’मा मिथिला शर्माले आमाको र छोरीको भूमिका नायिका सुरक्षा पन्तले निभाएकी छन्।
उनीहका साथै फिल्ममा देशभक्त खनाल, सरिता गिरीलगायत कलाकारको अभिनय रहेको छ। फिल्ममा आमाको महत्व र मायालाई देखाइएको छ।
शर्मिला पाण्डेको लगानी रहेको फिल्मको कथा र छायांकन निर्देशक खनालकै रहेको छ। यो फिल्म फागुन ९ गते देखि प्रर्दशन हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।