काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल चलिरहेको छ।
सचिवालय सदस्य बाहेकका अन्य सदस्यहरुले समूहमा रहेर आफ्नो धारणा राखेका छन्। समूहको बैठक राष्ट्रिय सभागृह, नेकपा पार्टी कार्यालय धुम्बाराही तथा पेरिस डाँडामा बसिरहेको छ।
नम्बरको आधारमा नामाकरण गरिएको प्रत्येक समितिमा २९ जना सदस्य छन्।
यी हुन् समूह नेता
१) उर्मिला अर्याल, आनन्द पोखरेल (दुवै नेता)
२) कमला रोक्का (नेता), कृष्णध्वज खड्का र कृष्ण राई (उपनेता)
३) खिमलाल भट्टराई (नेता)
४) जगन्नाथ खतिवडा (नेता)
५) ठाकुर गैरे (नेता)
६) दिनानाथ शर्मा (नेता)
७) पूर्णाकुमारी सुवेदी (नेता), निरज आचार्य (उपनेता)
८) बिन्दा पाण्डे (नेता), बलराम बाँस्कोटा र बलावती शर्मा (उपनेता)
९) भगवती चौधरी (नेता), भाष्कर काफ्ले (उपनेता)
१०) (यस समूहमा बैठकमा उठेका विषलाई टिपोट गर्नका लागि महेश बस्नेत, यज्ञराज सुनुवार, मोहम्मद महफुज अन्सारी, यशोदा कुमारी सुवेदी गुरुङ र युवराज चौलागाईं तोकिएको छ। उनीहरु मध्येबाट टोली नेता तोकिने बताइएको छ। साथै बैठकको अध्यक्षता युवराज ज्ञवाली र सञ्चालन युवराज चौलागाईंले गर्ने बताइएको छ। )
११) राजेन्द्र राई (नेता)
१२) रेणु दाहाल (नेता), लक्ष्मीप्रसाद पोखरेल, रेखा शर्मा, रामदीप आचार्य, लक्ष्मण पौडेल (टिपोटकर्ता)
१३) लेखनाथ न्यौपाने (नेता), सावित्रा भुसाल (उपनेता)
१४) राम कार्की (नेता), शिवमाया तुम्बाहाङ्फे (उपनेता)
१५) हिमाल शर्मा (नेता), ज्ञानु बस्नेत र हरिबहादुर राई (उपनेता)
समूहमा उठेका धारणाहरुलाई प्रतिवेदन बनाई नेताले भोलिको पूर्ण बैठकमा पेश गर्नेछन्। बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।