काठमाडौं- मानवअधिकारवादी अन्तर्राष्ट्रिय संस्था एम्नेष्टी इन्टरनेशनलले सन् २०१९ नेपालका लागि स्वतन्त्रता संकुचनको वर्ष भएको निष्कर्ष निकालेको छ।
बिहीबार राजधानीमा एक कार्यक्रम गरेर एम्नेस्टीले सार्वजनिक गरेको एसिया प्रशान्त क्षेत्रको वार्षिक समीक्षा प्रतिवेदनमा यस्तो उल्लेख छ।
नेपालबारेको प्रतिवदेनमा सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई सिमित गर्नका लागि कानुनहरु प्रस्ताव गरेको र नागरिक समाज, संघसंस्थामाथि थप बन्देजहरु लगाएको उल्लेख छ।
सन् २०१९ मा विद्युतीय कारोबार ऐनअन्तर्गत पत्रकार र कलाकारहरुलाई पक्राउ गरेको र प्रस्तावित मिडिया काउन्सिल विधेयक, आमसंचार विधेयक र सूचना प्रविधिधि विधेयकमा अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्ने प्रावधान राखेको एम्नेस्टीको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै संक्रमणकालीन न्यायसम्बन्धी आयोग रिक्त राखेर न्यायमा अवरुद्द पारेको, र कामका लागि विदेशिने नेपाली आप्रवासी श्रमिकमाथि शोषण नघटेको पनि प्रतिवेदनमा उल्लेख छ।
.jpg)

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।