• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

लोकतान्त्रिक पार्टीको अलोकतान्त्रिक चरित्र : यता मनोनयन, उता आमरण अनशन

64x64
नेपाल लाइभ बिहीबार, माघ १६, २०७६  १४:००
1140x725

काठमाडौं– केन्द्रीय समितिले गरेको निर्णयबाट नेपाली कांग्रेसका शीर्ष नेताहरू पछि हटेसँगै नेपाल विद्यार्थी संघ भित्रको संकट थप गहिरिएको छ। 

आमरण अनशनरत पक्षको मागलाई पूर्ण रुपमा बेवास्ता गर्दै बिहीबार पार्टीले तीन सदस्यीय तदर्थ समितिसमेत गठन गरेको छ। पार्टीको पछिल्लो निर्णयले विवाद थप चुलिने संकेत देखिएको छ। 

अनशनको जग
उमेर हद कायम गर्न माग गर्दै आन्दोलनरत पक्षका विद्यार्थी नेताहरू पार्टी सभापति शेरबहादुर देउवादेखि वरिष्ठ नेताको ढोकासम्म चहारे। 

विधानमा भएको व्यवस्था विपरित कार्यसमिति गठन नगर्न माग गरे। सभापति देउवाले उनीको मागलाई गम्भीरतापूर्वक सुन्नसमेत चासो देखाएनन्। उमेर हदको पक्षमा देखिएका वरिष्ठ नेता पौडेलले उनीहरूको कुरा सुने। विधानकै पक्षमा देखिएको बचन दिए। उमेर हदको वकालत गर्ने तेश्रो धारका नेता कृष्णप्रसाद सिटौलालाई पटकौं भेटे। सिटौलाले उमेर हदबाट पछि नहट्ने प्रतिबद्धता उनीहरू सामु सुनाए।

नेताहरूको ढोका चहार्नुअघि उमेर हदको विधान लागू गर्न उनीहरूको आन्दोलन  जारी नै थियो। विधान कार्यान्वयनका लागि दबाब बढाउन संघका कार्यकर्ता ६ महिनादेखि आन्दोलनमा थिए। केन्द्रीय तथा जिल्ला तहमा धर्ना लगायतका आन्दोलनका कार्य गर्दै आएका थिए। आन्दोलनरत पक्षका मागमा पार्टी नेतृत्वले कुनै सुनुवाइ गरेन। आन्दोलनको उचाइ बढाउन रिले अनशनको माध्यम अपनाइयो। पार्टी केन्द्रीय कार्यालयको मूल गेटमा ४१ दिन रिले अनशन गरे।

रिले अनशनकै क्रममा पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्यो। कार्यालयमा प्रवेश गर्ने नेताहरूले मूल गेटको एक छेउमा बसेका रिले अनशनकारीलाई देखेको नदेख्यै गरि ओहोरदोहोर गरे। पार्टीभित्रको विवाद टुंग्याउन गत साता सभापति देउवाले उनकै निवास बुढानिलकण्ठमा शीर्ष तहको बैठक बोलाए। बैठकमा रिले अनशनरत विद्यार्थीका मागको विषय नै उठेन। मागलाई बेवास्ता गर्दै शीर्ष तहका नेताले भागबण्डामा टुंग्याउने गरि तदर्थ समिति बनाउने सहमति गरियो। 

मूलढोकाको अनशनलाई बेवास्ता
निरन्तरको आन्दोलनलाई पार्टी नेतृत्वले किनारा लगाउने प्रयास गरेपछि आन्दोलनरत पक्षले शान्तिपूर्ण आन्दोलनको उच्चतम माध्यम रोजे। सोमबारबाट विद्यार्थी नेता नवराज त्रिपाठी केन्द्रीय कार्यालयमा आमरण अनशनमा बसे। संस्थापन समूहले आमरण अनशन रोक्न प्रयत्नसमेत गरे। केन्द्रीय कार्यालयमा झडप हुँदा केन्द्रीय नेताहरू रमिते बने।

पार्टी केन्द्रीय कार्यालयको मूल गेटमा त्रिपाठी आमरण अनशन बसेको चार दिन भयो। उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ। पार्टीका नेताहरू केन्द्रीय कार्यालय झुल्किए पनि आमरण अनशनस्थलतिर आँखा पुर्‍याउँदैनन्। मंगलबार नेताहरू धनराज गुरुङ र उमाकान्त चौधरी केन्द्रीय कार्यालय पुगेर पनि हेरेको नहेर्‍यै गरि फर्के। 

Ncell 2
Ncell 2
nimb
nimb

आमरण अनशनरत त्रिपाठीले उठाएका मागमा ऐक्यबद्धता जनाउनेमा नेताहरू अर्जुननरसिंह केसी र डा शेखर कोइराला देखिएका छन्। विधान अनुसार संघको कार्यसमिति बन्नुपर्ने मागका पक्षमा अन्य शीर्ष तहका नेताहरू भने देखिएका छैनन्। उमेर हदको पक्षमा देखिएका युवा नेताहरू गगन थापा र प्रदिप पौडेलसमेत आमरण अनशनस्थल पुगेका छैनन्। यसअघि विधानको वकालत गर्ने दुई नेता भागबण्डाको राजनीतिमा लाग्दा कांग्रेसजनमा प्रश्न उब्जिएको छ।

अनशनरत त्रिपाठीले विधान कार्यान्वयनमा नआएसम्म अनशन नतोड्ने दृढता देखाए। ‘विधानमा समावेशीताको कुरा छ। साधारण सदस्यता प्राप्त गर्ने,उमेर हदको विषय विधानमा छ।’ आमरण अनशनरत त्रिपाठीले नेपाल लाइभसँग भने,‘विधानलाई लत्याएर नेताहरूले भागबण्डामा विधान चलाउन थालेपछि आमरण अनशन बस्नु परेको छ।’

त्रिपाठीको स्वास्थ्य परीक्षण गर्न पुगेका डा राजेश यादवले उनको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको बताए। डाक्टरले उनलाई सलाइन चढाउन सुझाव दिए पनि त्रिपाठीले अस्वीकार गरेका छन्। पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले सलाइन चढाउन गरेको आग्रहसमेत त्रिपाठीले अस्वीकार गरे। डा यादवले भने,‘स्वास्थ्यमा सुगरको मात्रा घटेकाले सलाइन पानी तत्काल चढाउनुपर्नेछ। मुटुको चाल  पनि बढेको छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उमेर हद कायम हुनुपर्ने मागमा सक्रियतापूर्वक कांग्रेसका पूर्व मुख्य सचिव शोभाखर पराजुलीले साथ दिएका छन्। सोमबार त्रिपाठीले आमरण अनशन सुरु गर्दा उनले नै माला लगाइदिएर अनशनमा बसाएका थिए। नेताहरूले आफैले पारित गरेको विधान अनुसार संघलाई परिचालित हुन नदिँदा वर्तमान अवस्था आएको बताए। नेताहरू प्रति असन्तुष्टि व्यक्त गर्दै पराजुलीले भने,‘केन्द्रीय समितिले पारित गरेको विधान लागू होस् भन्नेबाहेक अरु माग नै छैन।यति साधारण विषयमा आमरण अनशन बस्नु नै नपर्ने हो।’ उनले नेताहरू विवेकहीन भएको आरोपसमेत लगाए।

विधान कार्यान्वयन गर्नुपर्ने अडान राख्दै भएको आन्दोलनको नेतृत्व नेविसंघका पूर्व महामन्त्री कुन्दनराज काफ्लेले गरेका छन्। लोकतान्त्रिक पार्टीले आफैंले पारित गरेको विधान लागू नगरि संघमाथि मेटासिड छरिरहेको काफ्लेको गुनासो छ। आमरणस्थलमा भेटिएका काफ्लेले नेतृत्वलाई प्रश्न गरे,‘खसीबोकाको मासुजस्तो गरि टाउको,खुट्टा गरि संघलाई बाँड्ने हो?’ कांग्रेस सुधार्न कठिन भए पनि पछि नहट्ने उनको भनाइ थियो। 

आन्दोललाई थप सशक्त बनाउन सबै जिल्लाहरूमा रिले अनशन सुरु गर्ने तयारी गरिएको छ। 

अनशनरत त्रिपाठीको अवस्थाबारे अधिकारकर्मी चरण प्रसार्इंले बुधबार आमरणस्थलमा पुगेर जानकारी लिएका छन्।

भागबण्डामा रमाउँदै संस्थापनइतर
२०७५ असोजमा भएको केन्द्रीय समितिको बैठकले बहुमतका आधारमा ३२ वर्षे उमेर हद कायम गर्ने निर्णय गरेको थियो। तत्कालीन समयमा संस्थापनइतरका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूवमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले उक्त निर्णय अस्वीकार गर्दै ‘नोट अफ डिसेन्ट’ लेखेका थिए।

विधानविपरीत संघलाई सञ्चालन गर्न संस्थापन र इतर पक्ष एकै ठाउँमा उभिएका छन्। संस्थापनइतरकै आडमा पार्टी सभापति देउवाले तदर्थ समिति ३२ वर्ष माथिबाट हुने गरि आन्तरिक सहमति गत शुक्रबार गरे। शीर्ष नेताहरूबीच ९ महामन्त्री बनाउने सहमति बनेको छ। उपसभापति र सहमहामन्त्री ६/६ जना बनाउने गरि भागबण्डा गरिएको छ। संघको तदर्थ समिति एक सय २७ सदस्यीय बनाउने सहमति बनेको छ। संसोधित विधानमा २ जना महामन्त्री हुने व्यवस्था गरिएको छ। एक जना निर्वाचित र अर्को एक मनोनित हुने विधानको व्यवस्था छ।

पार्टीका गुटलाई व्यवस्थापन गर्नका लागि नेविसंघका पदाधिकारीमा विधानविपरीतका संख्या थप्ने सहमति गरिएको छ। भागबण्डामा मत मिलेपछि ३२ वर्षे उमेर हदको माग गरेको संस्थापनइतर पक्षको अडान पनि तुहिएको छ। 

तदर्थ समितिमा रहने विद्यार्थी नेताहरूको नाम टुंग्याउन वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता नविन्द्रराज जोशीलाई जिम्मेवारी दिएका छन्। तेश्रो धारका रुपमा चिनिएका नेता कृष्णप्रसाद सिटौलाको भागमा परेका विद्यार्थी नेताको नाम टुंग्याउन नेताहरू गगन थापा र प्रदिप पौडेललाई जिम्मेवारी दिइएको छ। 
अन्ततः तदर्थ समिति
त्रिपाठी अनशन बसेको चौथो दिनमा पार्टीले तदर्थ समिति गठन गरेको छ। 
उमेरले पाँच दशक पुग्न लागेका राजीव ढुंगाना तदर्थ समितिको सभापति बनेका छन्। सभापति देउवा गुटमा रहेकै कारण ढुंगानालाई मुख्य जिम्मेवारी दिइएको छ। नेता प्रकाशमान सिंहनजिक रहेका र पछिल्लो समय पार्टी सभापति समेतको प्रिय पात्र बनेका मनोज वैद्यलाई महामन्त्री बनाइएको छ। 

सोमबार आमरण अनशन सुरु हुँदै गर्दा उनै वैद्य पक्षको समूहले अनशनस्थलमा आक्रमणमा उत्रिएका थिए। महामन्त्रीमा उनको नामको चर्चा आएसँगै आएसँगै देउवा पार्टी कार्यालय प्रवेश गर्दा वैद्यले स्कर्टिङसमेत गर्दै आएका थिए।

१२ औं महाधिवेशनबाट लागू हुने गरि विधान कार्यान्वयनमा आउने ‘कमजोर तर्क’ गरेर भ्रातृ संस्थामाथि पार्टीले हस्तक्षेप बढाएको छ।। १२ औं महाधिवेशनपश्चात् विधान लागू हुने तथ्य दुवै पक्षका नेताले अघि सारेका छन्। १२ औं महाधिवेशनकै लागि भएका २१ जिल्ला अधिवेशनका विषयमा भने नेताहरू नाजवाफ छन्। संसोधित विधानकै आधारमा ती जिल्लामा अधिवेशन भएका थिए। २०७५ को माघअघि जिल्ला अधिवेशनहरू भएका थिए।

भिडियो

प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६  १४:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ?
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
सम्बन्धित सामग्री
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? उनले यसअघि केपी शर्मा ओली, सुशीला कार्की र वर्तमान सरकारको समेत आलोचना गर्दै आएको उल्लेख गरे । व्यक्तिगत सम्बन्ध आफ्नो ठाउँमा भए पनि... शुक्रबार, कात्तिक २७, २०८३
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश मनोजकुमार शर्माले नवनियुक्त न्यायाधीशहरूल... शुक्रबार, कात्तिक २७, २०८३
‘सरकार कोठा खाली छ’ आन्दोलनलाई समर्थन गर्न जेनजी अगुवा मिराज ढुंगाना माइतीघरमा दलित अभियान्ता दीपा नेपाली सरकारलाई ‘सरकार, कोठा खाली छ?’ भन्ने प्रश्न सोध्न लिएर सडकमा उभिएको लामो समय भयो । शुक्रबार, कात्तिक २७, २०८३
ताजा समाचारसबै
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्