काठमाडौं- भारतका वामपन्थी नेता एवम् जेएनयू छात्र संघका पूर्व अध्यक्ष कन्हैयाकुमारलाई बिहारको चम्पारणमा प्रहरीले हिरासत लिएको छ।
यसबारे बिहीबारे उनले ट्वीटरमा जानकारी दिएका छन् । ‘आज बापू धाम (चम्पारण) मा गान्धीजीलाई नमन गर्दै गरिबविरोधी सिएए, एनआरसी र एनपीआरको विरोधमा एक महिनाको जन–गण–मन यात्राको सुरुवात हुँदै थियो,’ उनले ट्वीटरमा लेखेका छन्, ‘समाजका सबै वर्गका मानिस यो यात्रामा सहभागी हुनका लागि उपस्थित थिए तर प्रशासनले केही समयअघि सबैलाई हिरासतमा लियो ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।