काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद विरोध खतिवडाले ५/६ वर्ष बाँकी हुँदै गोकर्ण रिसोर्टको समय थप गर्नुपर्ने कारण सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा सांसद खतिवडाले उक्त प्रश्न उठाएका हुन्।
खतिवडाले यसरी समयअगावै लिज अवधि बढाउँदै जाने हो भने अर्को पक्षले त्यहाँ कहिले प्रवेश पाउँछ भन्ने प्रश्न गरेका थिए। ‘एक पटक लिज पाएको कम्पनीले लिज समय सकिनु ५÷६ वर्ष अघि नै नयाँ लिज सम्झौता गर्दा अर्को पक्षले त्यहाँ प्रवेश गर्न कहिले पाउँछ,’ उनले सरकारलाई प्रश्न गर्दै भने, ‘समय अगावै लिज अवधि बढाउनु पर्नुको कारण बताउनु पर्यो।’
मंसिर २३ गते मन्त्रिपरिषदबाट समय थपको निर्णय भइसकेकाले माघ २ गते गोकर्ण रिसोर्टका सञ्चालकसँग सम्झौता भएको जानकारी नेपाल ट्रस्टले गराएको थियो। गोकर्णको लिज समय नसकिँदै समय थप गरिएको विषयमा सरकारको सर्वत्र आलोचना भइरहेको छ। आलोचनाकै बीच सरकारले समय थपको निर्णयसँगै दुई पक्षबीच सम्झौता नै गरिसकेको ट्रस्टका निमित्त सचिव ज्ञवालीले लेखा समितिलाई जानकारी गराएका हुन्।
फाइल तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।