काठमाडौं- नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघको तीन सदस्यीय तदर्थ समिति गठन गरेको छ।
राजीव ढुंगाना अध्यक्ष रहेको कार्य समितिमा दुई जना महामन्त्री बनाइएको छ। मनोज वैद्य र महेश्वरी कुँवरलाई महामन्त्री बनाइएको छ।
तदर्थ समितिको अध्यक्ष बनाइएका ढुंगाना सुनसरी निवासी हुन्। महामन्त्री बनेका वैद्य काठमाडौंका हुन् भने र कुँवर पाल्पा निवासी हुन्।
६ महिनाभित्र नेपाल विद्यार्थी संघको आगामी १२औं केन्द्रीय अधिवेशन गर्न पार्टीले निर्देशन दिएको छ।
तदर्थ कार्यसमितिमा रहेकाहरु आगामी केन्द्रीय अधिवेशनमा उम्मेदवार हुन नपाउने भएका छन्। तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन यथाशीघ्र गरिने पार्टीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।