काठमाडौं– ललितपुरको सातदोबाटोस्थित फिट एण्ड फाइन जिम सेन्टरको सउना बाथ सेन्टरमा एक दम्पत्ती मृत भेटिएका छन्।
मृत्यु हुनेमा ४० वर्षीय हस्तबहादुर मगर र उनकी श्रीमती ३७ वर्षीया नेत्रकुमारी पुन छन्। जिम गरेर साउना बाथ लिने क्रममा निसासिएर बेहास अवस्थामा भेटिएपछि उनीहरुलाई उपचारका लागि पाटन अस्पताल गरिएकोमा बुधबार नै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक हस्त पूर्वमन्त्री थममाया थापाका स्वकीय सचिव थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।