काठमाडौं- कोरोना भाइरसका कारण नेपाल एयरलाइन्सको चीन उडान प्रभावित हुने भएको छ। नेपाल एयरलाइन्सले मार्चको दोस्रो साताबाट चीनको गोन्जाओ उडान तयारी गरेको थियो। तर, चीनमा देखा परेको कोराना भाइरसका कारण उडान के गर्ने भन्ने विषयमा नेपाल एयरलाइन्समा छलफल सुरु भएको छ।
नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले चीन उडानको विषयमा छलफल सुरु भएको बताइन। पहिलेकै तयारीअनुसार चीन उडान गर्ने वा नयाँ तालिका सार्वजनिक गरेर उडान गर्ने भन्ने विषयमा छलफल सुरु भएको उनीले जानकारी दिइन्। नेपाल एयरलाइन्सले चीन उडानका लागि मंसिरमा अनुमति पाएको थियो। अनुमति पाएसँगै गोन्जाओ उडान गर्ने तयारी गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।