काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सहिदहरुको त्याग र बलिदानीको प्रतिफलस्वरुप मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताएकी छिन्।
सहिद दिवसका अवसरमा सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले प्राप्त उपलब्धीको रक्षा गर्दै समृद्ध नेपाल, सुखी नेपाली निर्माण गर्न सकेमा सहिदहरुप्रति सच्चा सम्मान हुने विश्वास व्यक्त गरेकी छन्।
‘आजको दिनले सबै राजनीतिक दल, तथा सम्बद्ध सबैलाई नेपाल र नेपालीको हित र अधिकारका लागि सहादत प्राप्त गरेका सहिदको सपना साकार पार्न समर्पित हुने हौसला प्रदान गरोस्,’ राष्ट्रपतिले भनेकी छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।