महोत्तरी– पिपरा गाउँपालिका १ खैरवाका पुरन रामको श्रीमती, तीन छोरी र एक छोरा छन्। गरिवी तथा विपन्नताले खानसमेत धौ–धौ पर्ने रामको परिवार चिसोमा कठ्यांग्रिन वाध्य थिए । उनलाई गाउँकै युवा राहुल पाण्डेय दम्पतीले कम्बल दिएका छन्। उनीजस्तै सोही वडाका थप चारसय विपन्न पाण्डेय दम्पतिको हातबाट कम्बल पाउँदा औधि खुसी देखिए।
समाजवादी पार्टीका जिल्ला युवा अध्यक्षसमेत रहेका पाण्डेयले निजी खर्चमा आफ्नो वडाका चारसय विपन्नलाई कम्बल वितरण गरेका हुन्। पिपरा गाउपालिका १ को खैरवा, एकरहिया, गम्हरिया र ढेकहा गरि चार टोलकै विपन्न चारसय व्यक्तिलाई उनले कम्बल वितरण गरेका हुन्।
चिसोले गरिव तथा विपन्नलाई सकस भैरहँदा निजी खर्चमै कम्बल खरिद गरि सपरिवार विपन्नहरुलाई बाँडेको पाण्डेयले बताए। उनले विपन्नलाई थोरै राहत दिनसमेत कुनै योजना वा बजेटकै आवश्यकता नरहेको र हुने खाने हरेक व्यक्तिले थोरै–थोरै रकम समाजसेवामा खर्च गर्न सके गाउँघरमा कोही चिसोमा कठ्यांग्रिनु नपर्ने बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।