• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपाको निष्कर्ष : चीनको प्रशंसा, अमेरिकाप्रति शंका

64x64
नेपाल लाइभ बिहीबार, माघ १६, २०७६  ०७:०६
1140x725

काठमाडौं- २० महिनापछि बसेको नेकपाको केन्द्रिय कमिटिको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको संयुक्त राजनीतिक प्रतिवेदन चीनप्रति लचिलो र अमेरिकाप्रति आक्रामक देखिएको छ।

यस अगाडि प्रमुख प्रतिपक्षीप्रति आक्रामक बन्ने गरेको नेकपाको राजनीतिक प्रतिवेदनमा यस पटक नेपाली कांग्रेसप्रति लचिलो देखिएको छ। कांग्रेस पूँजीवादी वर्गको प्रतिनिधित्व गर्ने पार्टी भएको,  ढुलमुले, सम्झौता परस्त र दलाल प्रवृत्तिका कारण आर्थिक, सामाजिक रुपान्तरणको प्रतिनिधित्व गर्न नसक्ने दावी गरिएको प्रतिवेदनमा उसको साथ भने चाहिने उल्लेख छ।

कालापानीका विषयमा सरकार दृढ रहेको र नेपाली भुमी फिर्ता लिने र नेपाली भुमिमा बसेका भारतीय सेना फिर्ता गर्ने उल्लेख गरिए पनि त्यसबारे विस्तृत उल्लेख गरिएको छैन।

पार्टीभित्र गुट बढेको, अनुशासन उलंघनका घटना बढेको, भ्रष्टाचार विरोधी छवी व्यवहारमा नदेखिएको भन्दै आफ्नै पार्टीको समेत आलोचना गरिएको प्रतिवेदनमा ‘पार्टी र सरकारको कामलाई आम नागरिकले पत्याएको’ दावी गरिएको छ। 

३३ पृष्ठ लामो राजनीतिक प्रतिवेदनका मुख्य विषय ११ बुँदामा
१. चीनको प्रशंसा

चीनले अघि सारेको बिआरआईले विश्वव्यापी रुपमा आफ्नो सम्पर्क र आर्थिक सहयोगको क्षेत्र विस्तार गर्ने एउटा बृहद् साझेदारीको रणनीतिको रुपमा काम गरिरहेको छ। नेपालले पनि विआरआईमा हस्ताक्षर गरेर आफूलाई त्यो सम्बन्धमा र सहयोगको साझेदार बनाएको छ।

२. अमेरिकाप्रति शंका
संयुक्त राज्य अमेरिकाले आफ्नो महाशक्तिको स्थिति कायम राख्न र विश्वकमा आफ्नो एक छत्र प्रभुत्व बनाइराख्न नयाँ नयाँ रणनीतिको विकास गरिरहेको छ। यसै सन्दर्भमा हिन्द महासागर वरिपरीका क्षेत्रहरुमा आफ्नो प्रभाव विस्तार गर्ने, प्रभुत्व कायम गर्ने र पहिलो आर्थिक शक्तिको रुपमा उदाउँदै गरेको चीनलाई घेरा हाल्न र कमजोर पार्ने सैन्य रणनीतिका रुपमा इन्डो प्यासेफिक स्ट्राटेजी अगाडि बढाइरहेको छ।

३. सैन्य रणनीति मानिन्न
हाम्रो पार्टी र सरकारले आफू कुनै पनि वाह्य सैन्य गठबन्धन र सैन्य रणनीतिको हिस्सा कहिल्यै नभएको र हुन पनि नसक्ने कुरा स्पष्ट गरेको छ। यदी सैन्य रणनीतिकै रुपमा अन्य कुनै पनि आर्थिक र राजनीतिक सहयोगको कुरा अगाडि आएमा नेपालले त्यसप्रकारका कुनै पनि सहयोगको प्रस्ताव मञ्जुर गर्न सक्दैन।

४. प्रतिक्रियावादीले भ्रम छरे
आन्तरिक चुनौती लामो समयसम्म अस्थिरता र अराजकताबाट अनुचित लाभ उठाइरहेका सामन्ती निकुशंतावादी र प्रतिकृयावादी दलाल तत्वहरु आज पनि अन्यौल र अस्थिरता सिर्जना गर्न कसरत गरिनैरहेका छन्। देश भित्र र बाहिरका प्रतिकृयावादी शक्तिहरुले कम्युनिष्ट पार्टी माथि अधिनायकवादीको झुठो आरोप लगाई जनतामा भ्रम छर्ने प्रयास जारी नै राखेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

५. अध्यारो कोठामा प्रतिक्रान्तिको तानाबाना
निरंकुश राजतन्त्रका पक्षपोषकहरु, परिर्वतन विरोधी यथास्थितीवादी शक्तिहरु विभिन्न रुप र रङगका साम्प्रदायिक एवम् अतिवादी तत्वहरुलाई कम्युनिष्ट पार्टीको नेतृत्वमा देश स्थिरता र समृद्धिको दिशामा अगाडि बढ्न लागेको पचेको छैन।

आफ्नो चरित्र अनुसार अध्यारो कोठामा बसेर प्रतिक्रान्तिको तानाबाना बुन्न छाडेका छैनन्।

६. भ्रष्टाचार नियन्त्रण ः कुराले नभई व्यवहारबाटै
कुराले मात्र नभई व्यवहारद्वारा नै भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्न नदिने शक्तिका रुपमा स्थापित गरेर मात्र चुनौतीको सामना गर्न सकिन्छ।

७. कालापानी : भुमि फिर्ता लिने, भारतीय सेना हटाउने
भारत सरकारले प्रकाशित गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्र र लिपु लेक र सिमा नदी माहाकालीको मुहारमा लिम्पियाधुरालाई समेत आफ्नो भु भागमा राखेको कुरामा नेपालका सबै राजनीतिक दल, नेपाल सरकार, बौद्धिक तथा विज्ञ समुदाय र सिंगो नेपाली समाजलाई असैह्य भएको तथ्य प्रकट भइसकेको छ। हाम्रो पार्टी, सरकार र आम नेपाली जनताले तत्काल राजनीतिक र कुटनीतिक संवाद मार्फत भारत सरकारसँग नक्सा सच्याउन, नेपालस् भुमिबाट भारतीय सेना हटाउन नेपालको भुमि फिर्ता लिन पहल शुरु गरिसकेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

८. कांग्रेस ढुलमुले छ तर साथ चाहिन्छ
नेपाली समाजको राजनीतिक र सामाजिक रुपान्तरणको क्षेत्रमा भुमिका खेल्ने राजनीतिक दलहरुमा नेकपा नै आम देशभक्त र श्रमजीवि नेपाली जनताको आशा र भरोषाको केन्द्र हो।

नेपाली कांग्रेस मुलतः पूँजीवादी वर्गको प्रतिनिधित्व गर्ने पार्टी भए पनि आफ्नो ढुलमुले, सम्झौता परस्त र दलाल प्रवृतिका कारण यसले आर्थिक, सामाजिक रुपान्तरणको प्रतिनिधित्व गर्न सक्दैन।

तथापी संविधान कार्यान्वयन र लोकतान्त्रिककरणको प्रक्रियालाई अगाडि बढाउन कांग्रेससँग आवश्यकता अनुसार सहकार्य गर्नुपर्दछ। तर त्यसो गर्दा उसको प्रतिकृयावादी चरित्रको आलोचना र भण्डाफोर गर्ने कुरालाई  बिर्सनु हुँदैन।

९. पार्टीमा गुट बढ्यो, उत्साह बढेन 
पार्टी एकतामा भइरहेको ढिलाई, पार्टीको आधिकारीक र व्यवस्थित प्रकाशन, प्रचार प्रशिक्षण र स्कूलिङको अभावका कारण पार्टी संगठन कमजोर अवस्थामा पुगेको छ।

पार्टी संस्थागत छैन। विभिन्न प्रकारका गुटहरु सक्रिय छन्। पार्टीभित्र घात, अन्र्तघात र अराजकताका प्रवृतिहरु कायम छन्। अनुशासनको अवस्था दनियमित। पार्टी अनुशासनको स्थान गुट अनुशासनले लिने खतरा बढेको छ। 

१०. उप निर्वाचन : कांग्रेस उत्साहित, साना दल दयनीय
उप निर्वाचनको परिणामले जनताले नेकपाले लिएको नीति र सरकारले अगाडि बढाइरहेको समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा भरोसा गरेको देखियो। ४० प्रतिशत स्थानमा विगतमा जितेको भन्दा फरक पार्टी र उम्मेदवारले जितेका छन्। त्यसैले प्रवृत्तीगत विश्लेषण गरिनु र मतदाताको परिर्वतित मनोविज्ञानको अध्ययन आवश्यक छ।

भक्तपुर र धरानामा प्राप्त सफलताले नेपाली कांग्रेस अलिकति उत्साहित भएको छ। साना पार्टीको अवस्था दयनिय देखियो। यसले नेपालको राजनीतिक दुई ध्रुवीय बन्दै गएको संकेत गरेको छ।

११. सञ्जालको प्रचारले राजनीतिक स्पेस बन्दैन
तर सामाजिक सञ्जालको प्रचार, केही सञ्चारमाध्यमहरुको योजनावद्ध ‘प्रोजेक्सन’ र सरकारको विरोधले मात्रै राजनीतिक स्पेश निर्माण गर्न सकिदैन यसका लागि सहि राजनीतिक कार्यक्रम र कार्यदिशा आन्दोलन र रुपान्तरणमा खरिएको पृष्ठभुमि जनताले पत्यार गरेको नेता–कार्यकर्ताको पक्ति र सही राजनीतिक विषयवस्तु आवश्यक पर्छ भन्ने कुराको पून पुष्टी गरेको छ।

प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६  ०७:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ?
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
सम्बन्धित सामग्री
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? उनले यसअघि केपी शर्मा ओली, सुशीला कार्की र वर्तमान सरकारको समेत आलोचना गर्दै आएको उल्लेख गरे । व्यक्तिगत सम्बन्ध आफ्नो ठाउँमा भए पनि... शुक्रबार, कात्तिक २७, २०८३
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश मनोजकुमार शर्माले नवनियुक्त न्यायाधीशहरूल... शुक्रबार, कात्तिक २७, २०८३
‘सरकार कोठा खाली छ’ आन्दोलनलाई समर्थन गर्न जेनजी अगुवा मिराज ढुंगाना माइतीघरमा दलित अभियान्ता दीपा नेपाली सरकारलाई ‘सरकार, कोठा खाली छ?’ भन्ने प्रश्न सोध्न लिएर सडकमा उभिएको लामो समय भयो । शुक्रबार, कात्तिक २७, २०८३
ताजा समाचारसबै
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्