काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) नेकपाको केन्द्रीय कमिटी बैठक सुरु, एमसिसी सैन्य रणनीति नभएकाले पारित हुने प्रधानमन्त्री ओलीको दाबी, यतीसँग मितेरी साइनो भएजस्तो गरी व्याख्या गरिएको टिप्पणी ।
२) नागरिक लगानी कोषले नेपाल वायुसेवा निगमलाई दिएको कर्जाको जोखिम नरहेको अर्थमन्त्री खतिवडाको दाबी, लगानी भुक्तानीको प्रक्रिया सुरु भइसकेको तर्क ।
३) वाणिज्य बैंकको शेयर नबढेसम्म बजारले गति नलिने, तीन महिनामा नेप्से १५ प्रतिशतले सुधार हुँदा वाणिज्यको सूचक ८ प्रतिशतले मात्रै बढ्यो ।
४) रोचक बन्दै ए’ डिभिजन लिग फुटबल, संकटाविरुद्ध मनाङ मर्स्याङ्दीको ३–० को जित, दोस्रो स्थानका मनाङ र मछिन्द्रको अंक बराबर ।
५) र, आफ्नो भूमिमा चिनियाँ वाणिज्य दूतावास खुल्न नदिने प्रस्ताव अमेरिकी तल्लो सदनबाट पारित, तिब्बतको राजधानी ल्हासामा कूटनीतिक स्टेशन राख्न अनुमति नदिएसम्म सबै आवेदन अस्वीकृत गरिने ।
विस्तृत समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।