• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

कसरी भयो पृथ्वीमा जीवको उत्पत्ति ?

64x64
नेपाल लाइभ बिहीबार, माघ १६, २०७६  ०६:३४
1140x725

एजेन्सी– क्यानडाको सुबे न्युफाउन्डल्यान्डको दक्षिणी–पूर्वमा उबडखाबड चट्टानी क्षेत्र छ। यसलाई ‘मिसटेकन प्वाइन्ट’ भनिन्छ। यो नाम रहनुको पनि खास कारण छ। धेरै जहाज यो ठाउँको विषयमा भ्रममा पर्छन् र यहाँका चट्टानमा ठोकिएर दुर्घटना हुन्छन्। 

न्युफाउन्डल्याण्डको यो क्षेत्र अब एक नयाँ बहसको केन्द्र पनि भएको छ। आखिर पृथ्वीमा जीवको उत्पत्ति कहिले र कसरी भएको थियो? 

यो क्षेत्रको समुद्री किनारामा घुम्ने हो भने यसको सतहमा हजारौ जीवाश्म देख्न सकिन्छ। चट्टानमा जमेका यी जीवाश्म ५७ करोड वर्ष पूराना अर्थात् पृथ्वीको एडिकरन युगका मानिन्छन्। यी जीवाश्म त्यतिबेला भएको ज्वालामुखी विस्फोटमा जलेर भष्म भएका थिए। चट्टानमा तिनै जीवाश्म देख्न सकिन्छ । 

वैज्ञानिक फ्रयांकी डुनका अनुसार यी चट्टानमा हिँड्दा मानिसलाई इटालीको पोम्पेई सहरमा भएको अनुभूति हुन्छ। पोम्पेई सहर पनि ज्वालामुखी बिस्फोटका कारण ध्वस्त भएको थियो। ज्वालामुखीको लाभाले यति छिटो सहरलाई ध्वस्त बनायो कि मानिसहरुले भाग्ने मौका नै पाएनन्। मानिसहरु जहाँ थिए, त्यही नै जलेर खरानी भए। अहिले पनि यो सहरका मानिसको जीवाश्म उस्तै अवस्थामा भेटिने गरेको छ। 

न्यू फाउन्डल्याण्ड किनारामा भेटिएका एडिकरन युगको जीवाश्म पृथ्वीको इतिहासका लागि महत्वपूर्ण अध्ययन दस्तावेज हुन्। यी जीवभन्दा पहिले करिब चार अर्ब वर्षसम्म समुन्द्रमा केवल एउटामात्र कोशिका भएका जीवहरुको अस्तित्व थियो। एडिकरन युगमा अचानक बहुकोषीय जीवको उत्पति भएको देखिन्छ। एककोषीय त्यही जीवको विकसित रुप नै बहुकोषीय हो। ती जीवाश्मका आकार विचित्रका थिए। कुनै साना पातजस्ता, कुनै झाडी र बुट्यानजस्ता। कुनैचाहिँ बन्दागोभी झैं देखिन्थे। कतिपय जीव आकारविहीन देखिन्छन्। 

अमेरिकाको बान्डरविल्ट विश्वविद्यालयका जीवाश्म वैज्ञानिक साइमन डेरोचका अनुसार एडिकरन युगका अधिकांश जीव च्यापच्यापे खालका थिए। यस्ता जीवहरुमा तत्कालीन समयमा हड्डीको विकास नै भएको थिएन। यिनै जीवाश्मका आधारमा पृथ्वीमा जीवनको अस्तित्वको रहस्य सुल्झन्छ। कतिले यही नै मानव जीवनको सुरुवात मान्छन् भने कतिले यो तथ्यलाई अस्वीकार पनि गर्दै आएका छन्। 

अमेरिकी वैज्ञानिक साइमन डेरोच भन्छन्– एडिकरन युगका जीव आज कल्पना गरेको भन्दा निकै फरक थिए। वैज्ञानिकहरुको के विश्वास छ भने यस्ता जीव आजभन्दा करिब ६० करोड वर्षअघि पृथ्वीमा थिए र क्याम्ब्रियन युगभन्दा पहिल्यै लोप भए। क्याम्ब्रियन युगका बेला यस्ता जीवको उत्पति भयो, जसको शरीरमा अलग–अलग अंग विकसित भए। अर्थात उक्त समयमा धेरै अलग बनावट भएका जीव विकास हुन थाले। 

Ncell 2
Ncell 2
nimb
nimb

तर, एडिकरन युगका यी अचम्मका जीव कसरी लोप भए? एक समय यस्तो थियो यी जीवहरु रुसदेखि अस्ट्रेलिया हुँदै नामीबिया र चीनसम्म पाइन्थे। यी जीवहरु तिनीहरुको उत्पत्तिको करिब ३० करोड वर्षपछि लोप भए। 

एडिकरन युग र क्याम्ब्रियन युगका जीवको उत्पत्तिको बीचमा पृथ्वीमा के भयो ? त्यो अफ्रिकी देश नामिबियावाट पत्ता लगाउन सकिन्छ। दक्षिण नामिबियाको त्यो स्थानको जीवाश्मालाई वैज्ञानिकले ‘नामा समूह’ नाम दिएका छन्। आजभन्दा करिब ५६ करोड वर्षअघि पृथ्वीमा हिमयुग समाप्त हुँदै थियो। समुद्रहरु बिस्तार हुँदै थिए।  तत्कालीन समयमा नामिबियाको यो क्षेत्रमा पनि समुद्र थियो। त्यतिबेलाका जीवहरुको जीवाश्म आजकाल नामीबियामा भेटिन्छ। वैज्ञानिकका अनुसार यो स्थानले पृथ्वीको एडिकरन युगबाट क्याम्ब्रियन युगमा प्रवेश गरेको प्रमाण दिन्छ। त्यो पृथ्वीको सबैभन्दा धेरै उतारचढाववाला समय भएको उनीहरुको तर्क छ। 

वैज्ञानिक साइमन डरोचले नामीबियामा २०१३ मा केही यस्ता जीवाश्म भेट्टाएका थिए, जुन समुन्द्रको तैरिएको छालमा आफ्ना लागि खाना फेला पार्थे। एडिकरन युगका जीव धेरै साधारण थिए र तिनीहरु एक ठाउँबाट अर्को ठाउँमा हिँडडुल गर्दैनथे। उनीहरु आरामले आफ्नो आहारा पाउथे र खाने गर्थे। तर नामीबियामा फेला परेका जीवाश्महरु टाढासम्म शिकारका लागि जाने गरेको अध्ययनबाट देखिन्छ। उनीहरुले ५४ करोड वर्षसम्म यसरी नै शिकार गर्ने गरेका थिए । साइमन डरोचका अनुसार यी नयाँ चिजहरुको उत्पत्तिपछि एडिकरन युगका जीवका लागि संकट पैदा भयो । उनीहरुले चाल्र्स डार्बिनको सिद्धान्तअनुसार बाँच्नका लागि संघर्ष गर्न सकेनन् अस्तित्व गुमाए। 

Xtrem

Xtrem

त्यस्तै केही वैज्ञानिकको भनाइ एडिकरन युगको समाप्त हुनु योमात्र कारण थिएन। जब एक भयंकर परिर्वतन आयो, समुद्रको पानीमा अक्सिजनको मात्रा कम भयो र एडिकरन युगका जीव लोप भए। अमेरिकी भर्जिनिया टेक विश्वविद्यालयका जीवाश्म वैज्ञानिक चिआओ शुहाईका अनुसार समुन्द्रमा अक्सिनको मात्रामा कमी आउनु नै यी जीव लोप हुनुका कारण हुन्।  ‘एडिकरन युगका जीव लोप हुनुको कारण समुद्रमा भएको अक्सिजन कमी नै भएको हामीसँग पर्याप्त प्रमाण छन्’ बैज्ञानिक चिआओले भने। यसका साथै यो युगका जीव धेरै टाढासम्म चल्न नसक्ने भएकाले पनि एकैपटक नष्ट भए। 

एडिकरन युगका जीवको विनाशपछि कैम्ब्रियन युगका जीवको उत्पत्ति पुथ्वीमा भएको देखिन्छ। अहिले जति जीवहरु पृथ्वीमा छन् यी सबैको पुर्खाको सम्वन्ध कुनै न कुनै रुपमा क्याम्ब्रियन युगका जीवहरुसँग मिल्न गएको जीव वैज्ञानिकहरुको दावी छ ।
बीबीसीबाट

प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६  ०६:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राति ११ बजेपछि मुग्लिन–काठमाडौंमा सवारी रोकिने
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिमका केन्द्रीय सदस्यको मतगणना आज
सम्बन्धित सामग्री
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता संयुक्त राष्ट्रसङ्घको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त जानकारी दिएको हो। आइतबार, असोज २५, २०८३
अस्ट्रेलियाका प्रधानमन्त्रीले भने– विजया दशमीको शुभकामना उनले प्रधानमन्त्री कार्यालयबाट एक सूचना जारी गरेर दसैँको शुभकामना दिएका हुन् । आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
राति ११ बजेपछि मुग्लिन–काठमाडौंमा सवारी रोकिने सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ सोमबार, असोज २६, २०८३
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिमका केन्द्रीय सदस्यको मतगणना आज सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने:  अझै धेरै साथीको भरोसा जित्न बाँकी छ सोमबार, असोज २६, २०८३
कांग्रेस महाधिवेशन : खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्