काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठक शुक्रबार बस्ने गरी सकिएको छ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’को तर्फबाट अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन बुधबारको बैठकमा पेश गरेका थिए।
राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले पेश गरेको सांगठनिक प्रतिवेदनमाथि शुक्रबारबाट छलफल सुरु हुनेछ।
आगामी बैठकमा विधान संशोधन प्रस्तावमा समेत छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराए। छलफलका लागि १५ टोली बनाइएको छ।
प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्न बिहीबार एक दिनको समय तोकिएको छ। विभाजित १५ समूहका तर्फबाट आएको निचोड समूह लिडरले आगामी बैठकमा प्रस्तुत गर्नेछन्।
केन्द्रीय समितिको अर्को बैठक शुक्रबार १ बजे बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।