काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपनिर्वाचनमा भक्तपुर र धरानमा पराजित हुनुमा जनताको असन्तुष्टि र उम्मेदवार उपयुक्त छनोट नगरिएको निष्कर्ष निकालेको छ।
बुधबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा भक्तपुरमा पराजित हुनुमा जनताको मनोविज्ञान र कार्यकर्ताको चाहनाअनुसारको उम्मेदवार चयन गर्न नसकिएको उल्लेख गरिएको छ।
उम्मेदवार तय गरिसकेपछि उत्पन्न विवादलाई समाधान गर्न समय लागेकाले भक्तपुरमा हार बेहोरिएको नेकपाले स्विकारेको छ। नेकपाविरुद्ध कांग्रेस र राप्रपाको गठबन्धन भएकाले चुनाव हानुपरेको अर्को कारण औंल्याइएको छ।
स्थानीय जनप्रतिनिधि प्रति जनताको गुनासो र असन्तुष्टि सम्बोधन गर्न नसक्दा धरानमा भएको उपनिर्वाचनमा पराजय भोगेको निष्कर्ष निकालिएको छ।
स्थानीय सरकारले उठाएको कर वस्तुनिष्ठ र व्यवहारिक नहुँदा नेकपा पराजय भएको राजनीतिक प्रतिवेदनमा उल्लेख छ।
कांंग्रेस,समाजवादी अघोषित गठबन्धन बनाउँदा धरानमा चुनाव हार्नुपरेको अर्को कारण बनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।