• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २०, २०८२ Fri, Jul 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
शीर्ष नेताले नै एमाले र माओवादी खोज्न थालेपछि पार्टी एकता कसरी भयो? : सुवास नेम्वाङ [अन्तर्वार्ता]
64x64
किशोर दहाल बुधबार, माघ १५, २०७६  १७:४२
1140x725

दुई वटा संविधानसभाका अध्यक्ष हुन्, सुवास नेम्वाङ। उनकै नेतृत्वमा संविधानसभाबाट संविधान जारी भयो। केही अघि सभामुखको उम्मेदवार चयनलाई लिएर नेकपाभित्र जटिलता आइरहँदा उनको नाम पनि चर्चामा आयो। तर, उनी मौन बसे। अन्ततः उनी नै प्रस्तावक बनेर अग्नि सापकोटा सभामुख बने।

नेम्वाङको व्यवस्थापन नेकपाका निम्ति सकसपूर्ण रहेको छ। उनी पार्टीभित्र निर्णायक पदमा छैनन्। अन्य कार्यकारी भूमिका पनि छैन। यसबारे उनी के सोचिरहेका छन्? उनको अपेक्षा के छ?

प्रस्तुत छ, नेम्वाङसँग नेपाल लाइभका लागि किशोर दहाल र पुष्पा केसीले गरेको कुराकानीः

तपाईं संविधानसभा अध्यक्षको रूपमा सफल नै हुनुभयो। सभामुखको रुपमा पनि सफल नै हुनुभयो। धेरैले तपाईंलाई रुचाए। किन रुचाए जस्तो लाग्छ?
यो मूल्यांकन गर्नेहरूको कुरा हो। तपाईंले रुचाएको भन्नुभयो। मलाई खुसी लाग्ने नै भयो। तर, किन सफल भएँ भनेर मैले भन्नुभन्दा पनि अरुले भन्नु राम्रो हो। मैले आफ्नो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न पाएकोमा एकदम खुसी छु।

लामो समयसम्म संविधानसभाको अध्यक्षको जिम्मेवारी सम्हाल्नुभयो। सँगसँगै सभामुखको भूमिका पनि निर्वाह गर्नुभयो। त्यो कुर्सीको सम्झना आउँदैन?
जिम्मेवारीको सम्झना हुन्छ नै। जिम्मेवारी वहन गर्दा र सफलतापूर्वक सम्पन्न गर्दा आएका चुनौतीहरू सम्झना हुन्छ। चुनौतीका बीचबाट संविधान बनाएर त्यसको कार्यान्वयन भइरहेको वर्तमान अवस्थामा खुसी लाग्छ। अत्याधिक आनन्द लाग्छ। मैले यही ढंगले हेरिरहेको छु।

अध्यक्षको रुपमा त अनेक कठिनाइ आइहाल्छन्। तपाईंलाई पनि आए होलान्। दलीय दुरी बढेका बेला त्यसलाई कम गर्न आफूले निभाएका भूमिकालाई कसरी सम्झनुहुन्छ?
दुरी बढेकोमा त विवाद छैन। हामी सबैले देखेकै हौं। निकै महत्वपूर्ण घटनाक्रम हामी सबैलाई सम्झना हुनुपर्छ। पटकपटक दलहरूका बीचमा विवाद भयो। कति पटक त झडप पनि भयो। झडपकै क्रममा दलहरूले प्रक्रियालाई बहिस्कारसम्म गरे। झडपका क्रममा संविधानसभाभित्रै तोडफोड भए। माइक र कुर्सीहरू भाँचिए। कतिपय प्रसंगमा त्यतिबेला माननीय सभासद संविधानसभा अध्यक्ष बसेको कुर्सीसम्मै आइपुगे। मतर्फ गलबन्दी हल्लाउँदै आएको घटना अहिले पनि आँखा अगाडि झलझली छ। 

त्यतिबेला पत्रकार साथीहरूले सोध्दा मैले ठट्टा पनि गरें, 'उहाँले मलाई खादा लगाइदिन खोजेको तर मार्सलले नबुझेर समातेर तल बेलमा फ्याँकिदिनु भएछ।'

त्यो संविधान कार्यकक्ष, संविधानसभा भवन खनतलासी गरेका ती दृश्यहरू, खुर्सानीका पोकाहरू फेला परेका घटनालगायत सबै घटना हाम्रा आँखा अगाडि झलझली आउँछन्। तर, यो सबैलाई पार लगाएर अन्ततः सबैलाई एक ठाउँमा उभ्याएर संविधानसभाबाट संविधान बनाउन सफलता मिल्यो।

देशभित्र मात्र होइन देशबाहिरबाट पनि साथीभाईहरू चकित नै भए। नेपालीहरूले दुई पटक संविधानसभाको निर्वाचन सम्पन्न गरेर संविधान बनाएरै छाडे। जनताले जनताको लागि संविधान बनाएको त्यो घटना ऐतिहासिक नै रह्यो।
 
तपाईंले त्यो कुर्सीमा बसेर तत्वबोध गर्नुभएको कुरा के हो? कुर्सीको भूमिका कस्तो हुँदो रहेछ? त्यहाँ बस्ने मानिसको स्वभाव कस्तो हुनुपर्दोरहेछ?
निरन्तर छलफल, निरन्तर संवाद। र, हामीले चाहेको निष्कर्ष। त्यो निष्कर्षमा पुग्ने बाटो भनेको लोकतन्त्रमा निरन्तर छलफल र संवाद नै हो। यो बाहेक अर्को बाटो छैन। हामीले त्यही बाटो हिडेर अन्ततः राम्रो निष्कर्षमा पुग्यौं। यो हाम्रो अनुभव हो।

पक्कै पनि कठिन परिस्थिति त छँदै थियो। त्यसमा पनि निकै चुनौती महसुस गर्नुभएको थियो होला। कुन घटना थियो त्यो?
पटकपटक त्यस्ता घटनाक्रम घटित भएका छन्। त्यसमा पनि कतिपय उत्कर्षमा पुग्ने घटना छन्। जस्तोः पहिलो संविधानसभा चार वर्षसम्म हामीले मेहनत गर्दागर्दै, धेरै ऐतिहासिक काम सम्पन्न गरेर उपलब्धि हासिल गर्दागर्दै पनि अन्ततः विघटन भयो। चार वर्षमा हामीले हाम्रो काम सम्पन्न गर्न सकेनौं। 

म आफै फुटबल खुब मन पराउँने व्यक्ति। मैले ठट्टा गरेर भन्ने गरेको छु, चार वर्षमा हामीले राम्रो फुटबल खेल्यौं। खुट्टामा बल राखेर हामीले घुमाइरह्यौं। खुब खेल्यौं। आनन्दसँग। तर, गोल गर्न सकेनौं। गोल गर्न नसकेपछि त त्यो फुटबल सफल भएन।

चार वर्ष संविधानसभामा राम्रोसँग काम गर्‍यौं। ऐतिहासिक उपलब्धि हासिल गर्‍यौं। ८० प्रतिशत काम सम्पन्न गर्‍यौं। त्यतिबेला साथीहरूले जिस्काए पनि- 'के गर्नु र गोल छिरेन!’

अन्तिम अवस्था जेठ २ गते कहिल्यै बिर्सिन्नँ। त्यो उत्कर्ष नै भन्नुपर्दछ। त्यतिबेला संविधान अब बन्यो भन्ने ठाउँमा पुगेका थियौं। तर, जेठ २ गते राजनीतिक सहमति फेरि भत्किन पुग्यो। जेठ १४ गते पुगेर संविधानसभा विघटन हुन पुग्यो। त्यो घटना म जहिले पनि सम्झिन्छु। त्यो दिन राति २ बजेसम्म म आफ्नो कार्यकक्ष सिंहदरबारमै थिए। मलाई अहिले पनि झलझलि सम्झना आउँछ।

त्यसैगरी, दोस्रो संविधानसभा निर्वाचनका बेला अब हामीलाई विश्वास गर्नुहोस् भन्दै जनताबीच पुग्यौं। एक वर्षमा सहमति गर्ने र त्यसरी संविधान बनेन भने प्रक्रियाबाट संविधान बनाउँछौं भनेको याद छ। जनतालाई विश्वास दिलाएर आएका हामी दोस्रो संविधानसभामा सहमतिबाट संविधान बन्न नसक्ने अवस्थामा पुग्यो। जनतामाझ गरेको बाचा बन्धनअनुसार अब त प्रक्रियामा जानुपर्‍यो भनेर मैले भन्दा संविधानसभाको कार्यकक्षमा ठूलो धुमधान झगडा भयो। विवाद भयो। कुर्सी फालाफाल भयो। माइक हान्ने काम भयो। र, त्यो प्रक्रिया हामी बहिष्कार गर्छौं भनेर महत्त्वपूर्ण दलले भने।

तर मलाईं खुसी लाग्छ, त्यसलाई हामी दलहरूले नै टुंगो पुर्‍यायौं। मैले सबै दललाई एक ठाउँमा उभ्याउने प्रयास गरें। त्यही प्रयासअनुसार नै अन्ततः हामी फेरि एक ठाउँमा उभियौं र संविधान निर्माणको कामलाई पुरा गर्‍यौं।

यसपटक पनि सभामुख पद रिक्त हुँदा तपाईंको नाम चर्चामा आयो। अन्त्यमा भएन। त्यो चर्चा र हल्ला मात्रै थियो कि भित्र केही प्रयत्न पनि भएको थियो? 
बेलाबेला साथीभाईले मेरो नाम लिनुहुन्छ। मैले ठट्टामै भन्ने गरेको छु- ‘मेरो नाम लिइदिनुभयो खुसी लाग्यो। मलाई त्यति भए पुग्यो।’

यसपटक पनि सुरुवातमै मेरो नाम चर्चामा आयो। मैले भनें- 'म त पाँच पटक सभामुख भइसकें। र ऐतिहासिक जिम्मेवारी पूरा गर्ने जिम्मेवारी पनि पाएँ। सबै दलले मलाई सहयोग, समर्थन गर्नुभयो। जनताले आशिर्वाद दिए। र, मैले यो जिम्मेवारी पूरा गर्ने मौका पाएँ।' 

पाँच पटक सभामुख भइसकेको मान्छे फेरि मलाई किन सभामुख बनाउनुहुन्छ? दुईपटक संविधानसभाको अध्यक्ष हुँदा अर्कोतर्फ व्यवस्थापिका संसदको सभामुख पनि थिएँ। एकैपटक संविधानसभाको अध्यक्ष र सभामुख भएको मान्छे। त्यसैले मलाई किन छैटौंपटक सभामुख बनाउनुहुन्छ? भनेर सार्वजनिक रुपमै भनेको थिएँ। 

त्यसो भन्दा, दलका नेता, अध्यक्षद्वय, साथीभाई सबैले 'तपाईं किन बोल्नु हुन्छ, नबोल्नुहोस्' भन्नुभयो। पार्टीले निर्णय गर्छ भन्नुभयो। र, मैले अन्तिम समयसम्म बोलिनँ। दलले नबोल्नु भनेको छ पनि भनें। त्यसैले कुरा भनेको यही हो।
अन्तिममा दलहरूले धेरै विचार गरे होलान्। अन्तिममा एउटा निष्कर्षमा पुगे। लामो समय हामी सभामुख विहीनताको अवस्थामा थियौं। त्यसलाई चिर्दै नयाँ सभामुख पाएका छौं। यो सुखद भएको छ। अब हाम्रा जिम्मेवारी पूरा गरेर देशलाई एउटा निष्कर्षमा पुर्‍याउनुपर्छ भन्ने मलाई लाग्छ।

अध्यक्ष प्रचण्डले तपाईंलाई सुरुमै सभामुखमा प्रस्ताव गर्नुभएको भन्ने समाचार आएको थियो। उहाँले के भन्नु भएको थियो? 
मैले अघि दलले भन्दा दुवै अध्यक्षको कुरा गरेको हुँ। बीचमा विभिन्न चर्चा पनि आए। प्रधानमन्त्रीले एउटालाई च्यापेको, अर्को अध्यक्षले अर्को व्यक्ति च्यापेको कुरा आए। तर, त्यो शतप्रतिशत गलत हो। दुवै अध्यक्षले मलाई नबोल्नु भन्नुभएको थियो। 

पछि निर्णय गर्नुभन्दा एक/दुई दिनअघि अर्का अध्यक्ष प्रचण्डले मलाई भेटेर सञ्चार माध्यममा आएका जुन कुरा छन्, ती कुरा ठीक होइनन् है भन्नुभयो। मेरो सदासर्वदा तपाईंप्रति सदासयता छ। सद्भावना छ। र, मैले तपाईंप्रति सद्भाव राखेको छु भन्नुभयो।

मैले पनि यसमा कमरेडहरूले किन भनिरहनु पर्‍यो र! मैले त प्रष्टै कुरा बाहिर भनेको हुँ। त्यतिबेला कमरेडले पनि नबोल्नु भन्नुभयो भन्दा उहाँले ‘ठिक हो मैले एक पटक होइन पाँच पटक भनेको हुँ नबोल्नुहोस् भनेर। म त्यसमा कायमै नै छु। हामी सबै कुरा विचार गर्छौं र अन्तिममा निर्णय गर्छौं’ भन्नुभयो।

त्यसैले स्थिति यो हो। अहिले जे भयो ठिक भयो। दल र अध्यक्षद्वयले निर्णय गर्नुभयो। त्यही निर्णयलाई बोकेर हामी यहाँसम्म आइपुगेका छौं।

अरु कमरेड बोलिहरनुभएको थियो। तपाईंलाई नबोल्नु भन्नुको केही कारण पनि छ कि?
थाहा छैन। के कारणले नबोल्नु भन्नुभयो। मेरो दाबी छैन है भनेको थिएँ। त्यसैले यो कुरा नबोल भनेको उहाँहरूको प्रष्ट थियो। तर, उहाँहरूको अरु के कारण थियो। थाहा भएन।

नेकपाभित्र अहिले पनि पूर्व एमाले र पूर्व माओवादी जस्तो देखिन्छ। यही पृष्ठभूमिमा तपाईं नै सभामुखको प्रस्तावक रहनुभयो। यसको केही अर्थ छ?
एकदम प्रष्ट छ। त्यतिबेला पनि मैले भनेको थिएँ, अब पार्टी एक भयो, पार्टीलाई एक ढिक्का बनाउने निर्णय दुई अध्यक्षले गरेका हुन्। उहाँहरूले नै गरेको प्रस्ताव बमोजिम हामी अगाडि बढ्यौं। त्यसैले अहिले भएको निर्णय पार्टीकै निर्णयअनुसार भयो। यसलाई हामी सबैले मान्छौं।

जब पार्टी एकताबद्ध भयो भन्दै खुसी मनाइरहेका छौं। तर पार्टी एकताबद्ध भएको छैन भने जसरी कुनै पनि नियुक्तिभन्दा अगाडि को एमाले र को माओवादी भनेर खोजी भयो भने त पार्टी एकता नै भएन। मैले त्यतिबेला पनि भनेको थिएँ, उपयुक्त र सक्षम साथीलाई अगाडि सारौं तर एमाले र माओवादी भनेर खोजी नगरौं। त्यही मान्यतामा जसले सदन सञ्चालन गर्न सक्नुहुन्छ भन्ने विश्वासका साथ पार्टीले निर्णय गरिसकेपछि एकीकृत नेकपाको सक्षम व्यक्तित्वलाई मैले सभामुखमा प्रस्ताव गरेको हुँ। त्यही सन्देश दिन खोजेको हुँ।

सभामुख उम्मेदवार चयन गर्ने बेला पूर्व एमाले र पूर्व माओवादी भनेर प्रष्ट देखिएको थियो। तपाईं प्रस्तावक बसेर त्यो खाडल पुर्न खोज्नुभएको हो कि?
विवादै छैन। यो पार्टी एकीकृत भएको छ। र, एकीकृत रुपमै अगाडि जानुपर्छ भनेर आफ्नोतर्फबाट पनि केही प्रयास गरौं भने थप प्रयास गरेकै हो।

सभामुखको उम्मेदवार चयन गर्ने विषयलाई लिएर पार्टीभित्र जटिलता देखियो। सोही कारण प्रतिनिधिसभाको बैठक महिना दिनसम्म बस्न सकेन। खासमा गाँठो कहाँ थियो?
पुस ४ गते प्रतिनिधिसभाको बैठक आह्वान भयो। हामी तयार थिएनौं भने पुस ४ गते नबोलाएर तयार भइसकेपछि बोलाएको भए हुन्थ्यो भन्ने प्रश्न त छदैं थियो। यो प्रश्नमा तर्क छ। यसमा म धेरै जान चाहन्नँ। हामीले अलिकति ढिलाई गरेकै हौं। ढिलाई भएको कुरामा सत्ता पक्ष भएकाले हामी सबैभन्दा बढी जिम्मेवार छौं। यो महसुस गर्नुपर्छ। यसका लागि हामी आत्मालोचित हुनुपर्छ।

पार्टी एकीकृत भएको छ। कहीँ पनि त्यस्तो भावना आउँनुहुँदैन भनेर जतिसुकै आदर्शको कुरा गरे पनि हाम्रै जिम्मेवार नेताहरू बोल्दा बोल्दै, खोज्दा खोज्दै फ्याट्ट माओवादी, एमाले भनेर त आइहाल्दोरहेछ। आदर्शको कुरा एक ठाउँमा छ। हाम्रो एकताको कुरा गर्दा अध्यक्षद्वयले गरेको निर्णय अनुसार नै हामी अगाडी बढेका छौं। हामीले स्थापित गरेको प्रक्रिया पनि यही हो । 

दुई वर्षभित्र महाधिवेशन हुन्छ। त्यसपछि नयाँ ढंगले पार्टी अगाडि बढ्छ भन्नुभयो। अहिले त थामिनसक्नु ठूलोठूलो कमिटी छन्। केन्द्रीय कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्न सक्ने अवस्था छैन। हामीले राष्ट्रिय सभागृह लिनुपर्ने स्थिति छ। अब महाधिवेशन भएपछि यस्ता धेरै विषय सल्टिन्छन्। अहिले पनि हामीले आउने महाधिवेशन सहमतिकै महाधिवेशन हुन्छ है भनेका छौं। देशका दुई ठूला बेग्लाबेग्लै ध्रुबबाट आएका पार्टीलाई एक ठाउँमा ल्याउनू भनेको धेरैले विश्वास गर्न नसकिने कुरा थियो।

यसरी दुई फरक ध्रुबबाट आएर एकीकृत भएको पार्टीमा विवाद त हुन्छ नै। सभामुखकै विषयमा पनि निष्कर्षमा पुग्न झण्डै एक महिना लाग्यो। हेर्दा कति सजिलो देखियो अहिले। म प्रस्तावक भइरहेको छुँ। सिंगो पार्टी एक भएर खुसी मानिरहेको छुँ। तर यही स्थिति एक महिना अगाडि किन भएन। त्यसैले जटिलता छन्। तिनै जटिलता पन्छाउँदै हामी आहिले यहाँसम्म आइपुगेका छौं।

कुनै अवसर वा नियुक्ति दिनुपर्दा शीर्ष नेतृत्वबाटै मेरा साथीभाई कहाँ छन् भनेर खोज्नुपर्ने किन हुन्छ? 
यस्तो स्थिति हुनुहुँदैन। अहिले यति मात्रै भन्छुँ। यो ढंगले सोच्नु हुँदैन। नियुक्तिको सन्दर्भमा एमाले र माओवादी भनेर खोजिनुहुँदैन। त्यसरी शीर्ष नेताले नै कसैले एमाले र कसैले माओवादी खोज्न थाले भने त पार्टी एकता कसरी भयो र? त्यसैले यस्तो स्थिति आउँन दिनु हुँदैन।

०००

पार्टीभित्र र बाहिर तपाईंको भूमिका घट्यो भन्ने एकथरीको भनाईमा कतिको सत्यता छ?
यी सबै कुरालाई सापेक्षतामा हेर्नुपर्छ। संविधानसभा अध्यक्ष हुँदा सक्रिय भूमिका हुनु स्वभाविकै थियो। त्यतिबेलाको ऐतिहासिक भूमिका अर्कै हो। अन्तरिम संविधानले यो देशका आन्दोलन र क्रान्तिका सम्पूर्ण उपलब्धिलाई संस्थागत गर्ने जिम्मेवारी यो संविधानसभाले बनाएको संविधानलाई हुन्छ भनेको थियो। त्यति ठूलो जिम्मेवारीलाई अहिले तुलना गर्दा त घटेकै देखिन्छ।

अहिलेको सन्दर्भमा प्रधानमन्त्रीको पद मलाई दिँदा पनि मेरो जिम्मेवारी खुम्चिएको हुन्छ। किनभने प्रधानमन्त्रीको यही संविधान अनुरुप नै एउटा कार्यकारीको भूमिका न हो। त्यसैले यो सापेक्षताको कुरा हो। म आफ्नो ठाउँमा क्रियाशील छु।

अहिले दलको उपनेता मात्रै हुनुहुन्छ। त्यही भूमिकालाई नै पर्याप्त ठानिरहनुभएको छ कि अन्य अपेक्षा पनि छन्?
मैले व्यक्तिगत रुपमा दाबी गर्ने गरेको छैन। जब संविधान निर्माणको प्रक्रियालाई सफलतापूर्वक नेतृत्व गरेर फर्किएँ, मैले दल र नेतालाई भनें- ‘मैले के गर्नुपर्छ अब तपाईंहरू भन्नुहोस्। म भन्दिनँ। तपाईंहरूले भनेको जिम्मेवारी बहन गर्न तयार छु। तर मलाई यही गर्दिनुहोस् भन्दिनँ। तपाईंहरूले तैले ऐतिहासिक जिम्मेवारी पूरा गर्नुभयो। आराम गर्नुहोस् भन्नुहुन्छ भने खुसीका साथ छाड्न तयार छु। जनताले बनाएको संविधान जुन प्रक्रियालाई मैले नेतृत्व गरें, यही हो श्रीमान् भनेर सर्वोच्च अदालतमा बहस गर्न जान्छु।’

तर, उहाँहरूले होइन तपाईं पार्टीमा बसेर काम गर्नुहोस् भन्नुभयो। अहिले पार्टीमै क्रियाशील भइरहेको छु। त्यसैले यही हुनुपर्छ भन्ने छैन। पार्टीले मेरो बारेमा सोचोस्। मैले जे जति सफलता हासिल गरेको छु, त्यो पार्टीको सफलता हो। देशका दल र देशको प्रणालीको उपलब्धि हो। मैले यसैमा सन्तोष मान्ने गरेको छुँ।

पार्टीले सोचोस् भन्नुभयो। पार्टीले सोच्दा कुनकुन कुरा ख्याल गरोस्, कुनकुन कोणबाट सोचोस् भन्ने लाग्छ?
त्यो त पार्टीलाई मैले सिकाउनुपर्दैन। पार्टीलाई थाहा छ, यसले कुन भूमिका निर्वाह गरेर आयो। पार्टीलाई थाहा छ, यसले कतिसम्म भूमिका निर्वाह गर्न सक्छ। दलको अगाडि सबै कुरा प्रष्ट छ। त्यसैले यो र त्यो भन्दा पनि दल बुद्धिमान हुनुपर्छ। 

व्यक्तिभन्दा पार्टी र पार्टी भन्दा देश र जनता ठूलो हो। पार्टीलाई सबै कुरा थाहा भन्ने मेरो विश्वास छ। पार्टीले यसमा ढंग पुर्‍याउन सक्नुपर्छ।

तर, पार्टीलाई थाहा भएको र प्रष्ट भएको त देखिएन नि?
मेरो त्यस्तो गुनासो छैन। सधैं दलका बारेमा गुनासो आउने गरेका छन्। तर, मैले सधैं भन्ने गरेको छु, कमी कमजोरीका बाबजुद देशलाई यो ठाउँसम्म यी दल र यिनै दलका नेताहरूले ल्याइपुर्‍याएका हुन्। त्यसैले मलाई यी दल र दलका नेतामाथि विश्वास छ।

उपनिर्वाचनका क्रममा पोखरा र धरान अध्यक्ष दाहालसँगै तपाईं वक्ताका रुपमा जानुभयो। दुवै ठाउँमा अध्यक्ष दाहालले अब देशको प्रधानमन्त्री र राष्ट्रपति जनजाति समुदायबाट हुने र त्यसको प्रस्ताव आफैले गर्ने बताउनुभएको थियो। उहाँको भनाई तपाईंप्रति लक्षित हो?
उहाँले त्यो ठाउँमा मात्र होइन। औपचारिक-अनौपचारिक रुपमा मसँग अघि सुरुमा मैले जोडेको प्रसंग पनि ल्याउँनुभयो। आफ्नो चाहना र भावनाबारे कुरा गर्नुभयो। त्यसपछि त प्रष्टै छ, उहाँले मसमेतलाई ध्यानमा राख्नु भएकोरहेछ। अहिले म केही पनि भन्दिनँ। म खाली मेरो नेता कमरेडलाई धन्यवाद दिन्छु।

भिडियो

प्रकाशित मिति: बुधबार, माघ १५, २०७६  १७:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई अर्थमन्त्रीको आग्रह शुक्रबार, असार २०, २०८२
मुलुक सुहाउँदो कानुन बनाउनुपर्छ :  प्रभु साह शुक्रबार, असार २०, २०८२
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे शुक्रबार, असार २०, २०८२
खलङ्गामा वितरण गरिएको खानेपानीमा इकोली जीवाणु फेला शुक्रबार, असार २०, २०८२
तालिवान सरकारलाई रुसले मान्यता दियो शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो)
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो) बिहीबार, असार १९, २०८२
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो)
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो) बिहीबार, असार १९, २०८२
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो)
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
३२ पदाधिकारी संवैधानिक इजालासबाट पदमुक्त भएको भन्दै आदेश कार्यान्वयन गर्न सर्वोच्चमा निवेदन बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्