• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

शीर्ष नेताले नै एमाले र माओवादी खोज्न थालेपछि पार्टी एकता कसरी भयो? : सुवास नेम्वाङ [अन्तर्वार्ता]

64x64
किशोर दहाल बुधबार, माघ १५, २०७६  १७:४२
1140x725

दुई वटा संविधानसभाका अध्यक्ष हुन्, सुवास नेम्वाङ। उनकै नेतृत्वमा संविधानसभाबाट संविधान जारी भयो। केही अघि सभामुखको उम्मेदवार चयनलाई लिएर नेकपाभित्र जटिलता आइरहँदा उनको नाम पनि चर्चामा आयो। तर, उनी मौन बसे। अन्ततः उनी नै प्रस्तावक बनेर अग्नि सापकोटा सभामुख बने।

नेम्वाङको व्यवस्थापन नेकपाका निम्ति सकसपूर्ण रहेको छ। उनी पार्टीभित्र निर्णायक पदमा छैनन्। अन्य कार्यकारी भूमिका पनि छैन। यसबारे उनी के सोचिरहेका छन्? उनको अपेक्षा के छ?

प्रस्तुत छ, नेम्वाङसँग नेपाल लाइभका लागि किशोर दहाल र पुष्पा केसीले गरेको कुराकानीः

तपाईं संविधानसभा अध्यक्षको रूपमा सफल नै हुनुभयो। सभामुखको रुपमा पनि सफल नै हुनुभयो। धेरैले तपाईंलाई रुचाए। किन रुचाए जस्तो लाग्छ?
यो मूल्यांकन गर्नेहरूको कुरा हो। तपाईंले रुचाएको भन्नुभयो। मलाई खुसी लाग्ने नै भयो। तर, किन सफल भएँ भनेर मैले भन्नुभन्दा पनि अरुले भन्नु राम्रो हो। मैले आफ्नो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न पाएकोमा एकदम खुसी छु।

लामो समयसम्म संविधानसभाको अध्यक्षको जिम्मेवारी सम्हाल्नुभयो। सँगसँगै सभामुखको भूमिका पनि निर्वाह गर्नुभयो। त्यो कुर्सीको सम्झना आउँदैन?
जिम्मेवारीको सम्झना हुन्छ नै। जिम्मेवारी वहन गर्दा र सफलतापूर्वक सम्पन्न गर्दा आएका चुनौतीहरू सम्झना हुन्छ। चुनौतीका बीचबाट संविधान बनाएर त्यसको कार्यान्वयन भइरहेको वर्तमान अवस्थामा खुसी लाग्छ। अत्याधिक आनन्द लाग्छ। मैले यही ढंगले हेरिरहेको छु।

अध्यक्षको रुपमा त अनेक कठिनाइ आइहाल्छन्। तपाईंलाई पनि आए होलान्। दलीय दुरी बढेका बेला त्यसलाई कम गर्न आफूले निभाएका भूमिकालाई कसरी सम्झनुहुन्छ?
दुरी बढेकोमा त विवाद छैन। हामी सबैले देखेकै हौं। निकै महत्वपूर्ण घटनाक्रम हामी सबैलाई सम्झना हुनुपर्छ। पटकपटक दलहरूका बीचमा विवाद भयो। कति पटक त झडप पनि भयो। झडपकै क्रममा दलहरूले प्रक्रियालाई बहिस्कारसम्म गरे। झडपका क्रममा संविधानसभाभित्रै तोडफोड भए। माइक र कुर्सीहरू भाँचिए। कतिपय प्रसंगमा त्यतिबेला माननीय सभासद संविधानसभा अध्यक्ष बसेको कुर्सीसम्मै आइपुगे। मतर्फ गलबन्दी हल्लाउँदै आएको घटना अहिले पनि आँखा अगाडि झलझली छ। 

त्यतिबेला पत्रकार साथीहरूले सोध्दा मैले ठट्टा पनि गरें, 'उहाँले मलाई खादा लगाइदिन खोजेको तर मार्सलले नबुझेर समातेर तल बेलमा फ्याँकिदिनु भएछ।'

Ncell 2
Ncell 2
nimb
nimb

त्यो संविधान कार्यकक्ष, संविधानसभा भवन खनतलासी गरेका ती दृश्यहरू, खुर्सानीका पोकाहरू फेला परेका घटनालगायत सबै घटना हाम्रा आँखा अगाडि झलझली आउँछन्। तर, यो सबैलाई पार लगाएर अन्ततः सबैलाई एक ठाउँमा उभ्याएर संविधानसभाबाट संविधान बनाउन सफलता मिल्यो।

देशभित्र मात्र होइन देशबाहिरबाट पनि साथीभाईहरू चकित नै भए। नेपालीहरूले दुई पटक संविधानसभाको निर्वाचन सम्पन्न गरेर संविधान बनाएरै छाडे। जनताले जनताको लागि संविधान बनाएको त्यो घटना ऐतिहासिक नै रह्यो।
 
तपाईंले त्यो कुर्सीमा बसेर तत्वबोध गर्नुभएको कुरा के हो? कुर्सीको भूमिका कस्तो हुँदो रहेछ? त्यहाँ बस्ने मानिसको स्वभाव कस्तो हुनुपर्दोरहेछ?
निरन्तर छलफल, निरन्तर संवाद। र, हामीले चाहेको निष्कर्ष। त्यो निष्कर्षमा पुग्ने बाटो भनेको लोकतन्त्रमा निरन्तर छलफल र संवाद नै हो। यो बाहेक अर्को बाटो छैन। हामीले त्यही बाटो हिडेर अन्ततः राम्रो निष्कर्षमा पुग्यौं। यो हाम्रो अनुभव हो।

पक्कै पनि कठिन परिस्थिति त छँदै थियो। त्यसमा पनि निकै चुनौती महसुस गर्नुभएको थियो होला। कुन घटना थियो त्यो?
पटकपटक त्यस्ता घटनाक्रम घटित भएका छन्। त्यसमा पनि कतिपय उत्कर्षमा पुग्ने घटना छन्। जस्तोः पहिलो संविधानसभा चार वर्षसम्म हामीले मेहनत गर्दागर्दै, धेरै ऐतिहासिक काम सम्पन्न गरेर उपलब्धि हासिल गर्दागर्दै पनि अन्ततः विघटन भयो। चार वर्षमा हामीले हाम्रो काम सम्पन्न गर्न सकेनौं। 

म आफै फुटबल खुब मन पराउँने व्यक्ति। मैले ठट्टा गरेर भन्ने गरेको छु, चार वर्षमा हामीले राम्रो फुटबल खेल्यौं। खुट्टामा बल राखेर हामीले घुमाइरह्यौं। खुब खेल्यौं। आनन्दसँग। तर, गोल गर्न सकेनौं। गोल गर्न नसकेपछि त त्यो फुटबल सफल भएन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

चार वर्ष संविधानसभामा राम्रोसँग काम गर्‍यौं। ऐतिहासिक उपलब्धि हासिल गर्‍यौं। ८० प्रतिशत काम सम्पन्न गर्‍यौं। त्यतिबेला साथीहरूले जिस्काए पनि- 'के गर्नु र गोल छिरेन!’

अन्तिम अवस्था जेठ २ गते कहिल्यै बिर्सिन्नँ। त्यो उत्कर्ष नै भन्नुपर्दछ। त्यतिबेला संविधान अब बन्यो भन्ने ठाउँमा पुगेका थियौं। तर, जेठ २ गते राजनीतिक सहमति फेरि भत्किन पुग्यो। जेठ १४ गते पुगेर संविधानसभा विघटन हुन पुग्यो। त्यो घटना म जहिले पनि सम्झिन्छु। त्यो दिन राति २ बजेसम्म म आफ्नो कार्यकक्ष सिंहदरबारमै थिए। मलाई अहिले पनि झलझलि सम्झना आउँछ।

त्यसैगरी, दोस्रो संविधानसभा निर्वाचनका बेला अब हामीलाई विश्वास गर्नुहोस् भन्दै जनताबीच पुग्यौं। एक वर्षमा सहमति गर्ने र त्यसरी संविधान बनेन भने प्रक्रियाबाट संविधान बनाउँछौं भनेको याद छ। जनतालाई विश्वास दिलाएर आएका हामी दोस्रो संविधानसभामा सहमतिबाट संविधान बन्न नसक्ने अवस्थामा पुग्यो। जनतामाझ गरेको बाचा बन्धनअनुसार अब त प्रक्रियामा जानुपर्‍यो भनेर मैले भन्दा संविधानसभाको कार्यकक्षमा ठूलो धुमधान झगडा भयो। विवाद भयो। कुर्सी फालाफाल भयो। माइक हान्ने काम भयो। र, त्यो प्रक्रिया हामी बहिष्कार गर्छौं भनेर महत्त्वपूर्ण दलले भने।

तर मलाईं खुसी लाग्छ, त्यसलाई हामी दलहरूले नै टुंगो पुर्‍यायौं। मैले सबै दललाई एक ठाउँमा उभ्याउने प्रयास गरें। त्यही प्रयासअनुसार नै अन्ततः हामी फेरि एक ठाउँमा उभियौं र संविधान निर्माणको कामलाई पुरा गर्‍यौं।

यसपटक पनि सभामुख पद रिक्त हुँदा तपाईंको नाम चर्चामा आयो। अन्त्यमा भएन। त्यो चर्चा र हल्ला मात्रै थियो कि भित्र केही प्रयत्न पनि भएको थियो? 
बेलाबेला साथीभाईले मेरो नाम लिनुहुन्छ। मैले ठट्टामै भन्ने गरेको छु- ‘मेरो नाम लिइदिनुभयो खुसी लाग्यो। मलाई त्यति भए पुग्यो।’

यसपटक पनि सुरुवातमै मेरो नाम चर्चामा आयो। मैले भनें- 'म त पाँच पटक सभामुख भइसकें। र ऐतिहासिक जिम्मेवारी पूरा गर्ने जिम्मेवारी पनि पाएँ। सबै दलले मलाई सहयोग, समर्थन गर्नुभयो। जनताले आशिर्वाद दिए। र, मैले यो जिम्मेवारी पूरा गर्ने मौका पाएँ।' 

पाँच पटक सभामुख भइसकेको मान्छे फेरि मलाई किन सभामुख बनाउनुहुन्छ? दुईपटक संविधानसभाको अध्यक्ष हुँदा अर्कोतर्फ व्यवस्थापिका संसदको सभामुख पनि थिएँ। एकैपटक संविधानसभाको अध्यक्ष र सभामुख भएको मान्छे। त्यसैले मलाई किन छैटौंपटक सभामुख बनाउनुहुन्छ? भनेर सार्वजनिक रुपमै भनेको थिएँ। 

त्यसो भन्दा, दलका नेता, अध्यक्षद्वय, साथीभाई सबैले 'तपाईं किन बोल्नु हुन्छ, नबोल्नुहोस्' भन्नुभयो। पार्टीले निर्णय गर्छ भन्नुभयो। र, मैले अन्तिम समयसम्म बोलिनँ। दलले नबोल्नु भनेको छ पनि भनें। त्यसैले कुरा भनेको यही हो।
अन्तिममा दलहरूले धेरै विचार गरे होलान्। अन्तिममा एउटा निष्कर्षमा पुगे। लामो समय हामी सभामुख विहीनताको अवस्थामा थियौं। त्यसलाई चिर्दै नयाँ सभामुख पाएका छौं। यो सुखद भएको छ। अब हाम्रा जिम्मेवारी पूरा गरेर देशलाई एउटा निष्कर्षमा पुर्‍याउनुपर्छ भन्ने मलाई लाग्छ।

अध्यक्ष प्रचण्डले तपाईंलाई सुरुमै सभामुखमा प्रस्ताव गर्नुभएको भन्ने समाचार आएको थियो। उहाँले के भन्नु भएको थियो? 
मैले अघि दलले भन्दा दुवै अध्यक्षको कुरा गरेको हुँ। बीचमा विभिन्न चर्चा पनि आए। प्रधानमन्त्रीले एउटालाई च्यापेको, अर्को अध्यक्षले अर्को व्यक्ति च्यापेको कुरा आए। तर, त्यो शतप्रतिशत गलत हो। दुवै अध्यक्षले मलाई नबोल्नु भन्नुभएको थियो। 

पछि निर्णय गर्नुभन्दा एक/दुई दिनअघि अर्का अध्यक्ष प्रचण्डले मलाई भेटेर सञ्चार माध्यममा आएका जुन कुरा छन्, ती कुरा ठीक होइनन् है भन्नुभयो। मेरो सदासर्वदा तपाईंप्रति सदासयता छ। सद्भावना छ। र, मैले तपाईंप्रति सद्भाव राखेको छु भन्नुभयो।

मैले पनि यसमा कमरेडहरूले किन भनिरहनु पर्‍यो र! मैले त प्रष्टै कुरा बाहिर भनेको हुँ। त्यतिबेला कमरेडले पनि नबोल्नु भन्नुभयो भन्दा उहाँले ‘ठिक हो मैले एक पटक होइन पाँच पटक भनेको हुँ नबोल्नुहोस् भनेर। म त्यसमा कायमै नै छु। हामी सबै कुरा विचार गर्छौं र अन्तिममा निर्णय गर्छौं’ भन्नुभयो।

त्यसैले स्थिति यो हो। अहिले जे भयो ठिक भयो। दल र अध्यक्षद्वयले निर्णय गर्नुभयो। त्यही निर्णयलाई बोकेर हामी यहाँसम्म आइपुगेका छौं।

अरु कमरेड बोलिहरनुभएको थियो। तपाईंलाई नबोल्नु भन्नुको केही कारण पनि छ कि?
थाहा छैन। के कारणले नबोल्नु भन्नुभयो। मेरो दाबी छैन है भनेको थिएँ। त्यसैले यो कुरा नबोल भनेको उहाँहरूको प्रष्ट थियो। तर, उहाँहरूको अरु के कारण थियो। थाहा भएन।

नेकपाभित्र अहिले पनि पूर्व एमाले र पूर्व माओवादी जस्तो देखिन्छ। यही पृष्ठभूमिमा तपाईं नै सभामुखको प्रस्तावक रहनुभयो। यसको केही अर्थ छ?
एकदम प्रष्ट छ। त्यतिबेला पनि मैले भनेको थिएँ, अब पार्टी एक भयो, पार्टीलाई एक ढिक्का बनाउने निर्णय दुई अध्यक्षले गरेका हुन्। उहाँहरूले नै गरेको प्रस्ताव बमोजिम हामी अगाडि बढ्यौं। त्यसैले अहिले भएको निर्णय पार्टीकै निर्णयअनुसार भयो। यसलाई हामी सबैले मान्छौं।

जब पार्टी एकताबद्ध भयो भन्दै खुसी मनाइरहेका छौं। तर पार्टी एकताबद्ध भएको छैन भने जसरी कुनै पनि नियुक्तिभन्दा अगाडि को एमाले र को माओवादी भनेर खोजी भयो भने त पार्टी एकता नै भएन। मैले त्यतिबेला पनि भनेको थिएँ, उपयुक्त र सक्षम साथीलाई अगाडि सारौं तर एमाले र माओवादी भनेर खोजी नगरौं। त्यही मान्यतामा जसले सदन सञ्चालन गर्न सक्नुहुन्छ भन्ने विश्वासका साथ पार्टीले निर्णय गरिसकेपछि एकीकृत नेकपाको सक्षम व्यक्तित्वलाई मैले सभामुखमा प्रस्ताव गरेको हुँ। त्यही सन्देश दिन खोजेको हुँ।

सभामुख उम्मेदवार चयन गर्ने बेला पूर्व एमाले र पूर्व माओवादी भनेर प्रष्ट देखिएको थियो। तपाईं प्रस्तावक बसेर त्यो खाडल पुर्न खोज्नुभएको हो कि?
विवादै छैन। यो पार्टी एकीकृत भएको छ। र, एकीकृत रुपमै अगाडि जानुपर्छ भनेर आफ्नोतर्फबाट पनि केही प्रयास गरौं भने थप प्रयास गरेकै हो।

सभामुखको उम्मेदवार चयन गर्ने विषयलाई लिएर पार्टीभित्र जटिलता देखियो। सोही कारण प्रतिनिधिसभाको बैठक महिना दिनसम्म बस्न सकेन। खासमा गाँठो कहाँ थियो?
पुस ४ गते प्रतिनिधिसभाको बैठक आह्वान भयो। हामी तयार थिएनौं भने पुस ४ गते नबोलाएर तयार भइसकेपछि बोलाएको भए हुन्थ्यो भन्ने प्रश्न त छदैं थियो। यो प्रश्नमा तर्क छ। यसमा म धेरै जान चाहन्नँ। हामीले अलिकति ढिलाई गरेकै हौं। ढिलाई भएको कुरामा सत्ता पक्ष भएकाले हामी सबैभन्दा बढी जिम्मेवार छौं। यो महसुस गर्नुपर्छ। यसका लागि हामी आत्मालोचित हुनुपर्छ।

पार्टी एकीकृत भएको छ। कहीँ पनि त्यस्तो भावना आउँनुहुँदैन भनेर जतिसुकै आदर्शको कुरा गरे पनि हाम्रै जिम्मेवार नेताहरू बोल्दा बोल्दै, खोज्दा खोज्दै फ्याट्ट माओवादी, एमाले भनेर त आइहाल्दोरहेछ। आदर्शको कुरा एक ठाउँमा छ। हाम्रो एकताको कुरा गर्दा अध्यक्षद्वयले गरेको निर्णय अनुसार नै हामी अगाडी बढेका छौं। हामीले स्थापित गरेको प्रक्रिया पनि यही हो । 

दुई वर्षभित्र महाधिवेशन हुन्छ। त्यसपछि नयाँ ढंगले पार्टी अगाडि बढ्छ भन्नुभयो। अहिले त थामिनसक्नु ठूलोठूलो कमिटी छन्। केन्द्रीय कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्न सक्ने अवस्था छैन। हामीले राष्ट्रिय सभागृह लिनुपर्ने स्थिति छ। अब महाधिवेशन भएपछि यस्ता धेरै विषय सल्टिन्छन्। अहिले पनि हामीले आउने महाधिवेशन सहमतिकै महाधिवेशन हुन्छ है भनेका छौं। देशका दुई ठूला बेग्लाबेग्लै ध्रुबबाट आएका पार्टीलाई एक ठाउँमा ल्याउनू भनेको धेरैले विश्वास गर्न नसकिने कुरा थियो।

यसरी दुई फरक ध्रुबबाट आएर एकीकृत भएको पार्टीमा विवाद त हुन्छ नै। सभामुखकै विषयमा पनि निष्कर्षमा पुग्न झण्डै एक महिना लाग्यो। हेर्दा कति सजिलो देखियो अहिले। म प्रस्तावक भइरहेको छुँ। सिंगो पार्टी एक भएर खुसी मानिरहेको छुँ। तर यही स्थिति एक महिना अगाडि किन भएन। त्यसैले जटिलता छन्। तिनै जटिलता पन्छाउँदै हामी आहिले यहाँसम्म आइपुगेका छौं।

कुनै अवसर वा नियुक्ति दिनुपर्दा शीर्ष नेतृत्वबाटै मेरा साथीभाई कहाँ छन् भनेर खोज्नुपर्ने किन हुन्छ? 
यस्तो स्थिति हुनुहुँदैन। अहिले यति मात्रै भन्छुँ। यो ढंगले सोच्नु हुँदैन। नियुक्तिको सन्दर्भमा एमाले र माओवादी भनेर खोजिनुहुँदैन। त्यसरी शीर्ष नेताले नै कसैले एमाले र कसैले माओवादी खोज्न थाले भने त पार्टी एकता कसरी भयो र? त्यसैले यस्तो स्थिति आउँन दिनु हुँदैन।

०००

पार्टीभित्र र बाहिर तपाईंको भूमिका घट्यो भन्ने एकथरीको भनाईमा कतिको सत्यता छ?
यी सबै कुरालाई सापेक्षतामा हेर्नुपर्छ। संविधानसभा अध्यक्ष हुँदा सक्रिय भूमिका हुनु स्वभाविकै थियो। त्यतिबेलाको ऐतिहासिक भूमिका अर्कै हो। अन्तरिम संविधानले यो देशका आन्दोलन र क्रान्तिका सम्पूर्ण उपलब्धिलाई संस्थागत गर्ने जिम्मेवारी यो संविधानसभाले बनाएको संविधानलाई हुन्छ भनेको थियो। त्यति ठूलो जिम्मेवारीलाई अहिले तुलना गर्दा त घटेकै देखिन्छ।

अहिलेको सन्दर्भमा प्रधानमन्त्रीको पद मलाई दिँदा पनि मेरो जिम्मेवारी खुम्चिएको हुन्छ। किनभने प्रधानमन्त्रीको यही संविधान अनुरुप नै एउटा कार्यकारीको भूमिका न हो। त्यसैले यो सापेक्षताको कुरा हो। म आफ्नो ठाउँमा क्रियाशील छु।

अहिले दलको उपनेता मात्रै हुनुहुन्छ। त्यही भूमिकालाई नै पर्याप्त ठानिरहनुभएको छ कि अन्य अपेक्षा पनि छन्?
मैले व्यक्तिगत रुपमा दाबी गर्ने गरेको छैन। जब संविधान निर्माणको प्रक्रियालाई सफलतापूर्वक नेतृत्व गरेर फर्किएँ, मैले दल र नेतालाई भनें- ‘मैले के गर्नुपर्छ अब तपाईंहरू भन्नुहोस्। म भन्दिनँ। तपाईंहरूले भनेको जिम्मेवारी बहन गर्न तयार छु। तर मलाई यही गर्दिनुहोस् भन्दिनँ। तपाईंहरूले तैले ऐतिहासिक जिम्मेवारी पूरा गर्नुभयो। आराम गर्नुहोस् भन्नुहुन्छ भने खुसीका साथ छाड्न तयार छु। जनताले बनाएको संविधान जुन प्रक्रियालाई मैले नेतृत्व गरें, यही हो श्रीमान् भनेर सर्वोच्च अदालतमा बहस गर्न जान्छु।’

तर, उहाँहरूले होइन तपाईं पार्टीमा बसेर काम गर्नुहोस् भन्नुभयो। अहिले पार्टीमै क्रियाशील भइरहेको छु। त्यसैले यही हुनुपर्छ भन्ने छैन। पार्टीले मेरो बारेमा सोचोस्। मैले जे जति सफलता हासिल गरेको छु, त्यो पार्टीको सफलता हो। देशका दल र देशको प्रणालीको उपलब्धि हो। मैले यसैमा सन्तोष मान्ने गरेको छुँ।

पार्टीले सोचोस् भन्नुभयो। पार्टीले सोच्दा कुनकुन कुरा ख्याल गरोस्, कुनकुन कोणबाट सोचोस् भन्ने लाग्छ?
त्यो त पार्टीलाई मैले सिकाउनुपर्दैन। पार्टीलाई थाहा छ, यसले कुन भूमिका निर्वाह गरेर आयो। पार्टीलाई थाहा छ, यसले कतिसम्म भूमिका निर्वाह गर्न सक्छ। दलको अगाडि सबै कुरा प्रष्ट छ। त्यसैले यो र त्यो भन्दा पनि दल बुद्धिमान हुनुपर्छ। 

व्यक्तिभन्दा पार्टी र पार्टी भन्दा देश र जनता ठूलो हो। पार्टीलाई सबै कुरा थाहा भन्ने मेरो विश्वास छ। पार्टीले यसमा ढंग पुर्‍याउन सक्नुपर्छ।

तर, पार्टीलाई थाहा भएको र प्रष्ट भएको त देखिएन नि?
मेरो त्यस्तो गुनासो छैन। सधैं दलका बारेमा गुनासो आउने गरेका छन्। तर, मैले सधैं भन्ने गरेको छु, कमी कमजोरीका बाबजुद देशलाई यो ठाउँसम्म यी दल र यिनै दलका नेताहरूले ल्याइपुर्‍याएका हुन्। त्यसैले मलाई यी दल र दलका नेतामाथि विश्वास छ।

उपनिर्वाचनका क्रममा पोखरा र धरान अध्यक्ष दाहालसँगै तपाईं वक्ताका रुपमा जानुभयो। दुवै ठाउँमा अध्यक्ष दाहालले अब देशको प्रधानमन्त्री र राष्ट्रपति जनजाति समुदायबाट हुने र त्यसको प्रस्ताव आफैले गर्ने बताउनुभएको थियो। उहाँको भनाई तपाईंप्रति लक्षित हो?
उहाँले त्यो ठाउँमा मात्र होइन। औपचारिक-अनौपचारिक रुपमा मसँग अघि सुरुमा मैले जोडेको प्रसंग पनि ल्याउँनुभयो। आफ्नो चाहना र भावनाबारे कुरा गर्नुभयो। त्यसपछि त प्रष्टै छ, उहाँले मसमेतलाई ध्यानमा राख्नु भएकोरहेछ। अहिले म केही पनि भन्दिनँ। म खाली मेरो नेता कमरेडलाई धन्यवाद दिन्छु।

भिडियो

प्रकाशित मिति: बुधबार, माघ १५, २०७६  १७:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मध्यमको वर्षाको सम्भावना बिहीबार, असोज २९, २०८३
बैंकमा पैसा थुप्रियो, लगानी र रोजगारी बढ्न सकेन : अञ्जन श्रेष्ठ बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्