काठमाडौं- बेलायती उड्डयन कम्पनी ब्रिटिस एयरवेजले कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै चीन जाने सबै उडान रद्द गरेको छ।
बुधबार एयरवेजले जनवरी र फेब्रुअरीभरि सिधै चीन उडान भर्ने सम्पूर्ण उडानहरू रद्द गरिएको जानकारी दिएको हो।
यात्रुलाई यसबाट पर्न जाने असरप्रति क्षमा माग्दै उनीहरूकै सुरक्षाका लागि सो कदम चालिएको ब्रिटिस एयरवेजले आफ्नो वेबसाइटमार्फत जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।