काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को महाधिवेशन २०७७ चैतमा गर्ने प्रस्ताव भएको छ।
बुधबार राजधानीमा सुरु भएको नेकपा केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त मिति प्रस्ताव गरेका हुन्।
दुवै अध्यक्षको तर्फबाट प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा २०७७ चैत्र २५ देखि ३० सम्म राष्ट्रिय महाधिवेशनको प्रस्ताव गरिएको छ।
राष्ट्रिय महाधिवेशनअघि २०७७ भदौदेखि मंसिरसम्म सबै स्थानीय र प्रदेश तहका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।