काठमाडौं- नेपाल भ्रमणमा रहेका लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्नले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेटवार्ता गरेका छन्।
नेपाल र लग्जेम्बर्गबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्ष पुरा भएको अवसरमा एसलवर्न बुधवार दुई दिने नेपाल भ्रमणमा आएका हुन्।
द्विपक्षीय सम्बन्धका बारेमा विचारहरू आदानप्रदान गर्नुका साथै साझा हितका विषयमा एकसाथ काम गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री ज्ञवालीले विदेशमन्त्री एसलवर्नको सम्मानमा दिवाभोज गर्दैछन्।
नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ औँ वार्षिकोत्सवका अवसरमा आजै एक विशेष कार्यक्रम आयोजना पनि हुनेछ।
दुई देशबीच सन् १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार शिष्टाचार भेट एसलवर्न स्वदेश फर्कनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।