एजेन्सी– प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलले मानव तस्करविरुद्ध फ्रान्सको बाल्कन्समा चलाएकाे विशेष कारबाहीमा १३९ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ७२ मानव तस्कर र एक सय ६७ जना अवैध ओसारपसारमा संलग्नहरु छन्।
संयुक्त रुपमा सञ्चालित सो अप्रेशनमा ३ हजार बढी सुरक्षाकर्मी खटिएका थिए। उनीहरुले सीमा, हवाई र स्थलमार्गका यातायातमा छापा मारेका थिए।
इन्टरपोलका अनुसार मानव तस्कर संलग्न खोज्न इन्टरपोलले एक हजार पाँच सय फ्लाइट, २५ लाख यात्रु र ५४ हजार सवारीसाधनको जाँच गरेको थियो। अप्रेशनका क्रममा १४ देशका २ हजार अवैध आप्रवासी र ८९ जना मानव तस्करका पीडितलाई नियन्त्रणमा लिइएको थियो।
फेला परेका अवैध आप्रवासीलाई दयनीय अवस्थामा काममा लगाइएकाे र केही यौन शोषणमा समेत परेका इन्टरपोलले जनाएको छ। उनीहरूलाई सुरक्षित रुपमा राखिएको छ।
संयुक्त अप्रेशनका क्रममा एक हजार ५ सय नक्कली पासपोर्ट र राष्ट्रिय परिचय पत्र लगायतका नक्कली कागजसमेत बरामद भएका छन्। अप्रेशनका क्रममा ६० किलो लागुऔषधसमेत बरामद भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।