जनकपुर- धनुषामा आज भएको सडक दुर्घटनामा परी दुई जनाकाे मृत्यु भएकाे छ। मृत्यु हुनेमा श्रीमान् श्रीमती रहेका छन्।
पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका- ६ गोदार सडकखण्डमा भएको माेटरसाइकल दुर्घटनामा स्थानीय ५० वर्षीय जोगेन्द्र साह र उनकी श्रीमती ४० वर्षीया प्रमिला साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलमै सवार साहका ९ वर्षीय छोरा जोन साह समान्य घाइते भएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा६४प ३०४८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स१च १८५८ नम्बरको बोलेरो ठोक्किएकाे हाे।
ठक्कर दिने बोलेरो र चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।