काठमाडाैं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले निवर्तमान उपसभामुखसमेत भइसकेकी सांसद शिवमाया तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।
मंगलबार बसेको सचिवालय बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए।
शिवमायाले उपसभामुख बनेपछि पार्टी सदस्यता त्यागेकी थिइन्। सभामुख र उपसभामुख पदमा निर्वाचित भएपछि दलगत आबद्धता त्याग्नुपर्ने संवैधानिक प्रावधान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।