बैतडी- प्रहरीले बहुविवाह गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।
मंगलबार सिगास गाउँपालिका– ९ का ३० वर्षीय हरिमल बिकलाई बहुविवाह गरेको भन्दै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
बिकले गत पुसमा दोस्रो बिवाह गरेको भन्दै बिककी पहिलो श्रीमतीले दिएको निवेदनका आधारमा उनलाई पक्राउ गरिएको हो। पक्राउ परेको बिकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।