काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ। बैठक राष्ट्रिय सभागृहमा बिहान ११ बजेदेखि सुरु हुन लागेकाे हाे।
ठूलो आकारको केन्द्रीय कमिटी भएका कारण राष्ट्रिय सभागृहमा बैठक आव्हान गरेको नेकपालाई बैठकस्थल सानो भएको छ। नेकपाको केन्द्रीय कमिटीमा सदस्य संख्या ४ सय ४५ रहेकाे छ।
एकै ठाउँमा बैठक गर्ने र समूहगत छलफल हुने अवस्था नभएपछि पार्टी मुख्यालय धुम्बाराही र पेरिसडाँडामा पनि छलफल हुने बताइएकाे छ। मंगलबार साँझ बसेको नेकपा सचिवालयले बनाएकाे बैठक सञ्चालनको विधिअनुसार सभागृह, धुम्बाराही र पेरिसडाँडामा बैठक चल्ने छन्।
सचिवालयको निर्णयअनुसार बैठकमा १५ समूह बनाएर छलफल हुने छ। आज समूह विभाजन हुनेछ भने सोही समूहले टीम लिडर चयन गर्नेछ। बिहीबारदेखि समूहगत छलफल हुनेछ।
त्यसपछि समूहमा उठेका विषयबस्तु केन्द्रीय समितिको पूर्ण बैठकमा टीम लिडरले प्रस्तुत गर्ने छन्। बैठकमा सहभागी हुन विभिन्न जिल्लाबाट सदस्यहरु उत्साह र अपेक्षा बोकेर काठमाडौं आइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।