नयाँ दिल्ली- सरकारले नागरिकता संशोधन ऐनमार्फत विदेशमा रहेका ‘ऐतिहासिक अन्याय’लाई सच्याउन लागेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन्।
भारतीय जनता पार्टी (भाजपा)ले छिमेकी मुलुकमा बस्दै आएका धार्मिक अल्पसङ्ख्यक समुदायसँग गरेको ‘पूरानो वाचा’लाई पूरा गर्न नागरिकतासम्बन्धी कानूनलाई संशोधन गरेको उनले बताए। प्रधानमन्त्रीको नेशनल क्याडेट कप्र्स (एनसीसी) प्रदर्शन–२०२० का अवसरमा मंगलबार बोल्दै प्रधानमन्त्री मोदीले भने, 'भारतको स्वतन्त्रतादेखि नै जम्मू–काश्मिर समस्या कायम थियो। यसलाई केही परिवार र राजनीतिक दलहरूले यस क्षेत्रका मुद्दालाई जीवितै राखेका थिए जसका कारण जम्मू–काश्मिरमा आतङ्कवाद फस्टायो।'
वर्तमान सरकारले दशकौं पुरानो समस्यालाई समाधान गर्न प्रयास गरिरहेको उनकाे भनाइ थियो। पाकिस्तानको आलोचना गर्दै प्रधानमन्त्री मोदीले छिमेकी मुलुकले तीनवटा युद्ध गुमाएको छ, तर भारतको विरूद्ध ‘प्रोक्सी’ युद्ध जारी राखेकाे बताए। अघिल्ला सरकारहरूले समस्यालाई कानुन र सुशासनको मुद्दाको रूपमा व्यवहार गरे उनले भने, 'तर बाहिरी सेनाले पनि कारबाहीको लागि अनुरोध गर्दा पनि उनीहरू अगाडि बढ्ने आँट गरेनन्।' प्रधानमन्त्री मोदीले केन्द्रमा विगतका सरकारहरूको ‘निष्क्रियता’को आलोचना गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।