सिरहा– सिरहाको कल्याणपुर नगरपालिकाको घुस काण्डमा कार्यालय प्रमुख पनि पक्राउ परेका छन्।
लेखापाल (नासु) जयराम चौधरीमाथि अनुसन्धान गर्ने क्रममा कार्यालय प्रमुख वासुदेव कुमार यादवको समेत संलग्नता खुलेको हो। यादवलाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।
आयोगको टोलीले लेखापाल चौधरीलाई चैत ४ गते २० हजार घुससहित पक्राउ गरेको थियो। मर्मतसम्बन्धी कामको बिल भुक्तानीका लागि उनले ठेकेदारसँग २० हजार रुपैयाँ मागेका थिए। कार्यालय प्रमुखले नै भनेर आफूले पैसा मागेको बयान दिएपछि यादव पनि पक्राउ परेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।