काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई दलका नेताहरुको बधाइ, सहमतिबाटै संसद चलाउन प्रधानमन्त्री ओलीको आग्रह, विपक्षीलाई विश्वासमा लिएर संसदलाई प्रभावकारी बनाउन कांग्रेस सभापति देउवाको सुझाव।
२) नेपाल पर्यटन बोर्डको सिइओमा धनञ्जय रेग्मी नियुक्त, आफूले बुझाएको योजना अनुरुप नै काम गर्ने प्रतिबद्धता, नयाँ गन्तव्य बिस्तार पहिलो प्राथमिकतामा रहने भनाइ ।
३) विभागको ‘स्टिंग अप्रेशन’ले पनि सुध्रिएन म्यानपावरको छवि, बैशाखदेखि हालसम्म ७० बढी म्यानपावरमाथि अनुगमन गरेको विभागको दाबी, रोकिएन लाखौँ असुलेर १० हजारको रसिद थमाउने प्रवृत्ति ।
४) ‘ए’ डिभिजन लिग फुटबलको विवादित खेलमा भरतको उत्कृष्ट गोल, शीर्ष स्थानमा फर्कियो आर्मी, अर्को खेलमा हिमालयन शेर्पालाई हराएको सरस्वती क्लबको पहिलो जित ।
५) र, ट्रम्पको आप्रवासन नीति लागू गर्न अमेरिकी सर्वोच्च अदालतद्वारा बाटो खुला, सरकारी सहायता आवश्यक पर्ने देखिए स्थायी बसोबासका त्यस्ता निवेदकलाई अयोग्य ठहर्याउन सक्ने ।
विस्तृत समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।