काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले बुधबारदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गरेको छ।
सचिवालय बैठक मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्रीय कमिटीमा पेस गरिने एजेन्डाबारे जानकारी दिएका छन्।
उनका अनुसार बैठकका कार्यसूची निम्नानुसार छन्:
० सहिदहरुप्रति श्रद्धाञ्जली
० अध्यक्ष केपी ओलीले बैठकको उद्घाटन र मन्तव्य
० अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षद्वयको तर्फबाट राजनीतिक प्रतिवेदन पेश गर्ने
० महासचिव विष्णु पौडेलले सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने
० सात वटै प्रदेशमा प्रदेश अध्यक्षहरुले सांगठनिक रिपोर्ट आफ्नो प्रदेशका तर्फबाट प्रस्तुत गर्ने।
० समसामयिक प्रस्तावहरु (अहिलेका तत्कालीन विषयहरु)
० विविध
बैठक बुधबार बिहान ११ बजे काठमाडौंको सभागृहमा सुरु हुँदैछ।
२०७५ जेठ ३ गते एमाले र माओवादीबीच एकता भएपश्चात छलफल नै गर्ने गरी नेकपाको केन्द्रीय कमिटी बैठक बस्न सकेको छैन। सोही वर्ष जेठ १० गते छोटो समयका लागि बसेको थियो। सो बैठकमा एकीकरणको प्रयोजनका लागि हस्ताक्षर गर्न, छुटेकालाई सपथ खुवाउन बोलाइएको बैठमा अध्यक्षद्वयले सदस्यहरुलाई भ्रष्टाचार विरोधी विशेष निर्देशनहरु पनि दिएका थिए। तर सदस्यहरुबीच छलफल हुन पाएन।
सोही बैठकमा पार्टी एकता गर्न विधान अनुसारको नियमावली बनाउन गठन गरिएको कार्यदलले आफनो प्रतिवेदन बुझाएपछि व्यवस्थित रुपमा अर्को बैठक बस्ने अध्यक्षद्वयले प्रतिबद्धता जनाएका थिए। तर, लामो समयसम्म बैठक बस्न सकेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।