जनकपुर- प्रदेश २ को सरकार परिवर्तनको हल्ला चलिरहेको अवस्थामा भौतिक, पूर्वाधार तथा विकास राज्यमन्त्री डा. डिम्पल झाले राज्यमन्त्री पदबाट राजीनामा दिएकी छन्।
प्रदेश सरकारमा राजपाबाट राज्यमन्त्रीको हैसियतमा सहभागी झाले बुधबार राजीनामा दिएकी हुन्। उनले मंगलबार दिउँसो विज्ञप्ति जारी गर्दै राजीनामा दिएको जनाएकी हुन्।
विज्ञप्तिमा 'प्रदेश सरकारमा राज्यमन्त्रीको हैसियत, पदीय मर्यादा, पदको प्रतिष्ठा जोगाउन लामो समयदेखिको मेरो प्रयासका बाबजुद पनि स्थिति अनुकुल हुने अवस्था नरहेकाले राज्यमन्त्री पदबाट राजीनामा गरेको छु।' उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।