काठमाडौं- विश्वमै दुर्लभ मानिएको हरियो भ्यागुतो बोलिभियाको क्यारास्को नेशनल पार्कमा पहिलोपटक देखिएको छ।
‘ग्लास फ्रग’ नामक प्रजातिअन्तर्गतको उक्त भ्यागुतोलाई संरक्षणवादीहरूले केही दिन अगाडि देखेका थिए।
ग्लास फ्रग विशेषगरी मध्य तथा दक्षिण अमेरिकामा पाइन्छ। यस्ता प्रजातिका भ्यागुताहरूको छाला एकदमै मुलायम र पातलो हुन्छ‚ हरियो भ्यागुतोको पेटबाट उनीहरूको शरीरभित्र रहेको भ्रूण समेत सजिलै देख्न सकिन्छ।
.JPG)
संरक्षणवादीहरूले कोचाबाम्बा शहरको पूर्वी इलाकामा रहेको क्यारास्को नेशनल पार्कमा सो भ्यागुतोको पहिचान गरेका थिए।
जलविद्युत उत्पादनबाट भ्यागुताको बासस्थानमा पर्न जाने असरलाई ध्यानमा राखी उनीहरूको उद्धार र संरक्षणका लागि संरक्षणवादीहरू सो क्षेत्रमा गएका थिए।
‘धेरै समयपछि देखिएको यस्तो प्रजातीको भ्यागुतोले गर्दा भविष्यमा ‘ग्लास फ्रग’ पनि फेला पर्न सक्ने आशा जगाएको छ।’ सोही संरक्षणवादीहरूको टिममध्येका एकले एएफपी समाचार संस्थालाई भने।
तीनवटा भ्यागुतालाई अल्सिदे ओल्बिनी सङ्ग्रहालयको केय्रा एम्फिबियन संरक्षण विभागमा लगिसकिएको छ। त्यहाँ उनीहरूलाई सन्तानोत्पादनका लागि सहज वातावरण सिर्जना गरिने समेत बताइएको छ।
.JPG)
.JPG)

.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।