काठमाडौं– राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले एमसिसी पारित गर्न नहुने बताएकी छन्। प्रतिनिधि सभामा नवनिर्वाचित सभामुखलाई शुभकामना दिँदै उनले यो इन्डो प्यासफिक रणनीतिकै अंग भएको दाबी गर्दै पारित गर्न नहुने जिकीर गरेकी हुन् ।
‘एममसिसी के हो, यस विषयमा गहन छलफल जरुरी छ। चर्को विवाद पार्टीभित्र देखिएका छन्। अमेरिकी दूतावासले इन्डो प्यासिफिक रणनीति हो भनिसकेको छ। विगतमा पनि अमेरिकाले यस्ता रणनीति ल्याएको थियो। यस्ता विषयलाई हामीले कसैको सहयोगभन्दा पनि पछाडीको दूरगामी असर नजानी स्वीकार्न सक्दैनौं। पाए त खाए भनेर यसलाई स्वीकार्नु हुँदैन। पहिलो प्राथमिकता राष्ट्रियता र देश हो।’
उनले रोकिएका थुप्रै विधेयक अगाडि बढाउनु पर्ने र प्रेस स्वतन्त्रतामाथिको अंकुश हटाउनुपर्ने पनि बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।