• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २७, २०८२ Fri, Jul 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सहमतिबाटै संसद चलाउन प्रधानमन्त्री ओलीको आग्रह  [सम्बोधनको पूर्णपाठ]
64x64
नेपाल लाइभ मंगलबार, माघ १४, २०७६  १४:०८
1140x725

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिबाटै संसद चलाउन आग्रह गरेका छन् । प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहमतिबाट मात्रै हालसम्म प्रगति  भएकाे आगामी दिन सहमतिबाटै अघि बढ्न जरुरी रहेकोमा जोड दिए।

 सभामुख निर्वाचन प्रक्रियाबाटै सर्वसम्मत र सहमतिको अभ्यास भइसकेको बताउँदै उनले बाँकी कामकारबाहीमा पनि सहमति जुट्ने विश्वास व्यक्त गरे।  उनले भने, ‘हाम्रो समाजको चरित्र नै मेलमिलाप ढंगले अघि बढ्नेछ। हामीले लोकतान्त्रिक प्रणाली र बहुदल रोज्यौं । तर, हामी हरेक काम सहमतिमा गरिरहेका छौं। 

उनले राणा शासनविरुद्ध संघर्ष गर्दा, प्रजातन्त्र ल्याउँदा र गणतन्त्र ल्याउँदा सबैले सहकार्य गरेको स्मरण गराए । उनले भने, ‘जहाँ एकताबद्ध भएनौं । त्यहाँ असफलता र पीडा भोगेका छौं । विभिन्न प्रतिगामी कदम त्यतिबेला भएका छन्।’

उनले संसदमा के भने ? 
सभामुख सर्वसम्मत ढंगले निर्वाचित हुनुभएको छ । यो खुसीको कुरा हो । राम्रो लक्षण हो । कहीँकतै विरोधको पक्ष रहेनन् । यही भावका साथ आगामी दिनमा संसद अगाडि बढ्नेछ। यहाँले संविधानको रक्षा र त्यसको मर्मअनुसार परिपालना र कार्यान्वयन गर्नुहुनेछ। कानुन र नियमसंगत ढंगले संसदलाई अघि बढाउने सफलता प्राप्त हुनेछ भन्ने विश्वास लिएको छु। आफ्नो तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाउन चाहन्छु । सकारात्मक भूमिकामा साथ रहनेछ।

सभामुख महोदय, हामी एउटा राजनीतिक आन्दोलनको चरण पार गरेर यस विन्दूमा आइपुगेका छौं । जहाँ हामीले देशलाई कसरी अगाडि बढाउने ? आजको प्राथमिकता के हुन् ? हाम्रा विचार र काम के मा केन्द्रीत गनुपर्छ भन्ने विचार गरेर अघि बढेनुपर्ने अवस्था छ । 

हाम्रो समाजको चरित्र मेलमिलाप ढंगले अघि बढ्नेछ। हामीले लोकतान्त्रिक प्रणाली स्थापित गरिसक्यो । सार्वभौम जनता सवै निर्णयका अन्तिम शक्ति हुन् । हामीले प्रणाली मात्रै होइन, प्रक्रिया पनि लोकतान्त्रिक अवलम्बन गरेका छौं । जनताको सार्वभौम सत्ता संवैधिानक हिसाबले, व्यवहारिक ढंगले निर्वाचन गराएर र  संरचना बनाएर बलियो बनाएका छौं । 

संविधान कार्यान्वयनका संरचना बनाउने कुरामा हामीले बाटो तय गरिसकेका छौं । सुशासन र विकासका प्रश्नमा विचार केन्द्रीत गरेर अघि बढ्न जरुरी छ। 

विभिन्न दल छौं । बहुदल प्रणाली हामीले रोज्यौं । हामीले छानेको, रोजेको र स्वीकारेको बहुमतीय र  बहुदलीय प्रणाली छ। यसमा स्वभाविक केही फरक मत हुन सक्छन् । तर, स्वस्थ प्रतिष्पर्धाबाट अघि जानेछौं।

Ncell 2
Ncell 2

हिजो लोकतन्त्रको लडाइँमा साथसाथै अघि बढेका थियौं । हाम्रा तरिका र बाटा अलि फरक भएपनि गन्तब्य एउटै थियो । त्यसैले विभिन्न ठूला असहमतिको बाबजुद सहमतिमा पुगेका छौं र आज यस ठाउँमा छौं।

हाम्रो समाजको चरित्र अलि त्यस्तै छ । हामी संघर्ष गर्दा पनि संघर्षबाट अन्तिममा सहमतिमा पुग्छौं । हाम्रो संघर्षको र संघर्षको उपलब्धिको टुंगो लगाउने विधी यही हो । 

२००७ सालमा संघर्ष भयो । सहमतिमा टुंगियो । जसका विरुद्ध आन्दोलन गरिएको थियो, उनीहरुलाई नै प्रधानमन्त्री बनाइयो । जुन राजा भागे तिनलाई ल्याएर गद्दीमा आसन गरियो। जहाँ सहमति भयो, सहमतिसहित अघि बढियो। त्यहाँ ठूला सफलता प्राप्त भएका छन् । आन्दोलनमा वा संघर्षमा जहाँ एकताबद्ध भएनौं । त्यहाँ असफता र पीडा भोको छौं । विभिन्न प्रतिगामी कदम त्यतिबेला भएका छन्। जतिबेला एकताबद्ध भएनौं । निर्दलीय व्यवस्था त्यतिबेलासम्म चल्यो, जहाँसम्म हामी एकताबद्ध भएनौं ।

एकताबद्ध भएरै हामीले संविधान जारी गर्न सकेका हौं । एकताबद्ध नभएको भए, संविधापछि निर्वाचन सम्भव हुने थिएन । यिनले एकताबद्ध भइ अघि बढ्न शिक्षा दिएको छ।

अब हाम्रा एजेन्डा र विषयलाई सुशासन र विकासतर्फ केन्द्रीत गर्न जरुरी छ।  आजको समय आइडोलोजिकल आग्रहमा अडिने र तिनले सत्य भन्दा माथि ठान्ने प्रवृत्तिबाट बाहिर आउनुपर्छ ।  आफ्नो संलग्नतालाई महत्वपूर्ण ठान्ने र सत्यलाई कम महत्व दिने हामीसँग समय छैन । 

दुनियाँ तीव्र गतिमा अघि बढेको छ । विकास, विज्ञान प्रविधि, भौतिक पूर्वाधार र कनेक्टिभिटीमा दुनियाँलाई पक्डिन सकेनौं भने समयले हामीलाई पर्खिदैन । सवै माननीयज्यूमा मेरो आग्रह छ, त्यस गतिलाई समाउन सकौं ।  त्यस कामको नेतृत्व अहिलेको सरकारले गर्छ । हामीले लडेर ल्याएको प्रणाली, त्यस प्रणाली अनुकूलकाे संविधान, संविधानअनुकूलका कानुन ल्याउन सरकार प्रतिबद्ध छ। हामी यतिबेला ससाना कुरामा अल्झिने र आग्रहमा अल्झिने समय छैन। अनावश्यक बहसमा अल्झिने गर्नु उपयुक्त हुँदैन । 

केही दिनपछि मैले आजको राजनीतिक अवस्था विभिन्न चर्चामा रहेका समसामयिक सान्दर्भिक विषय र हामीले गर्नुपर्ने काम र तत्सम्बन्धमा नेपाल सरकारको दृष्टिकोण आफ्नो छुट्टै समय लिएर राख्नेछु । 

विलम्ब भइसकेका छौं हामी । सभामुख चयनमा विलम्ब भयौं । अव विलम्ब गर्नुहुँदैन । हाम्रा कामलाई संसद र सरकारले तीव्र गतिमा अघि बढाउन जरुरी छ । नत्र वास्तवममै पछाडि पर्छाैं । अरु विषयमा म पछि भन्नेछु।

हामीले यतिबेला हाम्रो अगाडि थुप्रै विधेयक पारित गरेर निर्माण गर्नुपर्नेछ । प्रस्ताव पारित गर्नुपर्नेछ । हामीले धेरै अघिदेखि बढ्दै आएको  र विभिन्न चरण पार गर्दै आएको एमसीसी  पारित गर्नुपर्नेछ । यस्ता अनेक विषय हाम्रा अघि छन् । जसका विषयमा सविस्तार पछि भन्नेछु । सबलाई माननीयज्युलाई स्वागत गर्न चाहन्छु । 

नेपाल भ्रमण वर्षको रुपमा अघि सारेका छौं । सुरुमै केही धक्का संकेतहरु प्राविधिक हिसाबले देखा परको छन् । जसलाई सावधानीपूर्वक सामना गर्नुपर्नेछ । सरकार त्यसको तयारीमा लागेको छ।  यस अधिवेशनलाई अलिकति समय खेर गएको भए पनि अब खेर जान नदिएर हाम्रा अघि जुन काम छन्, सहज ढंगले अघि बढाउनुपर्नेछ । यस काममका सभामुखको सफल नेतृत्व  हुनेछ भन्ने विश्वास लिएको छु । 
 

प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६  १४:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पूर्वराजाका संवाद सचिव पाठक रिहा
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी
प्रधानमन्त्रीको प्रश्न : विकास आयोजनामा लापरबाही गर्नेलाई कारबाही गर्ने कि नगर्ने ?
सम्बन्धित सामग्री
पूर्वराजाका संवाद सचिव पाठक रिहा जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले अबउप्राप्त ‘श्री ५ महाराजधिराज’ भनेर सूचना तथा विज्ञप्ति जारी नगर्ने भनेर कागज ग... शुक्रबार, असार २७, २०८२
प्रधानमन्त्रीको प्रश्न : विकास आयोजनामा लापरबाही गर्नेलाई कारबाही गर्ने कि नगर्ने ? प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार भएको राष्ट्रिय विकास समस्या समाधान समितिको ५४ औँ बैठकमा समितिका अध्... शुक्रबार, असार २७, २०८२
मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे म तयार छु : माधव नेपाल शुक्रबार काठमाडौंमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूमाथि... शुक्रबार, असार २७, २०८२
ताजा समाचारसबै
पूर्वराजाका संवाद सचिव पाठक रिहा शुक्रबार, असार २७, २०८२
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
प्रधानमन्त्रीको प्रश्न : विकास आयोजनामा लापरबाही गर्नेलाई कारबाही गर्ने कि नगर्ने ? शुक्रबार, असार २७, २०८२
साफ यू– २०:  पहिलो हाफमा भुटानविरुद्ध नेपाल ३ गोलले अगाडि शुक्रबार, असार २७, २०८२
मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे म तयार छु : माधव नेपाल शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी–ट्वान्टी विश्वकप दौडबाट बाहिरियो स्कटल्यान्ड, नेदरलल्यान्ड्सलाई इटालीविरुद्ध जित्नैपर्ने दबाब शुक्रबार, असार २७, २०८२
टी-२० विश्वकप छनोट : यस्तो छ नेपालको समूह बिहीबार, असार २६, २०८२
संसद् भवनमा ड्रोन खसालेको आरोपमा ५ जना पक्राउ बिहीबार, असार २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्