रोल्पा- रोल्पाबाट दाङ फर्कदै गरेको रेडियो नेपालको गाडीको ब्रेक फेल भई दुर्घटनाग्रस्त भएको छ।
राेल्पा नगरपालिका-३ सातदोबाटोमा रहेको रेडियो नेपालको टावर मर्मत गरी दाङ फर्कदै गर्दा सुनिल स्मृति गाउपालिकाकाे छिर्नेमा ब्रेक फेल भई दुर्घटना भएको सोही गाउँपालिका-४ का वडाध्यक्ष गंज क्षेत्रीले जानकारी दिए।
गाडीमा सवार १० यात्रुमध्ये २ जना गम्भीर र अन्य सामान्य घाइते भएकाे उनले बताए।
घाइतेहरुकाे प्राथमिक स्वास्थ केन्द्र सुलिचाैरमा उपचार भइरहेकाे छ। घाइते हुनेमा लक्ष्मण पाण्डे‚ सौरभ कार्की‚ सुवास शाह‚ प्रमेश्वर शाह‚ गिरीराज निरौला‚ मनोज गुप्ता‚ श्रीधर शाह रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।