• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

यौनकर्मी आमाको चाहना : हाम्रो जिन्दगी त बर्बाद भयो तर सन्तानको नहोस्

64x64
नेपाल लाइभ मंगलबार, माघ १४, २०७६  ०६:३५
1140x725

एजेन्सी- तीन कक्षामा पढ्ने सायमाले आफ्नो कापीमा पेन्सिलले चित्र बनाइन्। दुई बालिका आपसमा हात समात्दै रोइरहेका छन्– चित्रमा यही थियो। 

सायमा चित्र अझै बनाइरहेकी छिन्। चित्रको बालिकाका गालामा आँशु झरिरहेका छन्। त्यो आँशुलाई अझै गाढा बनाइरहेकी छिन् सायमा। उनी कमाठीपुराको सरकारी स्कुलमा पढ्छिन्।

सामाजिक कार्यकर्ता लतिका भन्छिन्‚ ‘यिनलाई  आफ्नी आमाको अभाव खड्किरहेको छ।’ 

सायमा चित्र बनाइरहेकी छिन्। 

अब उनी एउटा जन्मदिनमा मनाउने पार्टीको चित्र बनाउन थाल्छिन् - एउटा ठूलो केक‚ मैनबत्ती‚ उपहार‚ फ्यान र हँसिला बच्चाहरूले भरिएको कोठा।

अर्की सानी नानी पनि आफ्नो कापी खोल्छिन् जसमा मुटुको चित्र कोरिएको छ। एउटा लाइन कोरेर उनी मुटुलाई दुई भागमा विभाजित गराइरहेकी छिन्। यी दुई बच्चाले आफ्नो कापीमा जे बनाए ती चित्रमा कतै पनि घर देखिएन‚ न त कुनै घर वरिपरीका पर्खाल।
त्यो साँझ करीब ५० जना बच्चा मुम्बईको एउटा सेल्टर (आश्रयस्थान) मा आए। एक गैरसरकारी संगठन प्रेरणाले चलाएको यो सेल्टर, जहाँ यौनकर्मीका सन्तानलाई राख्ने व्यवस्था गरिएको छ।

सेल्टरका कोठा झकिझकाउ छन्। भित्तामा क्रिसमसको सजावट देखिन्छ। एउटा ब्ल्याकबोर्ड छ‚ जहाँ एउटा सानो समुद्रको किनार पनि बनाइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

अर्कोतर्फ गुन्द्री र तन्ना ओच्छ्याइएको छ। नजिकै एउटा सानो शौचालय छ। एउटा भान्साकोठा पनि छ जहाँ यिनै बालबालिकालाई खाना बनाएर खुवाउने गरिन्छ। अहिलेसम्मका लागि यी बच्चाहरूको घर हो यो सेल्टर।

ती बच्चाहरूले साथमा स्कुल ब्याग र राति फेर्न कपडा लिएर आएका छन्। तर‚ उनीहरूका बाँकी सामान अन्तै छ। त्यो दुर्गन्धित कोठा‚ जहाँ उनीहरुका आमा छन्। यी बच्चाहरू यो सेल्टरमा आउन त आउँछन् तर धेरै समय बस्न पाउँदैनन्।

जिन्स र कमिज लगाएकी एउटी अधबैंसे आमा गल्लीबाहिर उभिइरहेकी छिन्। उनले रातो रङ्गको लिपस्टिक लगाएकी छिन् र अत्यधिक सजिएर आएकी छिन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

लगभग ३ वर्षको उनको छोरो उनको साथबाट अलग्गिएर रुँदै–रुँदै सेल्टरतिर गइरहेको छ। उ आफ्नी आमालाई एकपटक पनि पछाडि फर्केर हेर्दैन‚ जसलाई आफ्नो काममा फर्कनुपर्नेछ। काम– पैसाको बदलामा शरीर बेच्ने ।

कमाठीपुराको गल्ली नम्बर ९ मा रहेको सेन्टरकी सुपरभाइजर मुग्धा भन्छिन्– ‘नयाँ बच्चा हो। यहाँ आउनैपर्छ भन्ने उसलाई राम्रोसँग थाहा छ‚ तर रोइरहेको छ। बिस्तारै–बिस्तारै बानी पर्छ। सबै बच्चाहरू सुरुमा यस्तै गर्छन्। यिनीहरूसँग कुनै विकल्प पनि त हुँदैन’
भारतको सबैभन्दा पुरानो रेडलाइट इलाकाको रुपमा चिनिने कमाठीपुरामा यौनकर्मीको धेरै कमाइ पनि हुँदैन तर भवनको जीर्णोद्धारको योजनालाई मध्यनजर गर्दै भाडा बढाइएको छ। अब धेरै कोठा पनि छैनन्।

यस्तोमा यौनकर्मी महिलालाई मुश्किलले बस्नु परेको छ। सानो कोठामा उनीहरूलाई खाट पनि छुट्टै लिनुपर्ने हुन्छ। प्रत्येक कोठामा ६–६ वटा खाट राखिन्छन्। तल उनीहरू खाना बनाउँछन् र खाटमुनी आफ्ना सामान राख्छन्।

ती बच्चाहरूले कोरेको चित्रमा घरको कुनै चित्र नभेटिनुको कारण नै यही थियो। यी साना बच्चाको बस्नलाई आफ्नो घर छैन। आफ्ना सन्तान भविष्यमा आफूजस्तो बन्नु नपरोस् भनेर आमाहरू आफ्ना सन्तानलाई विद्यालय पठाउँछन्। 

यिनीहरूको परिवारमा आमा छिन्‚ उनका सन्तान छन्। परिवारमा बुवा नभएकोमा चित्त दुःखाइ पनि छैन। यौनकर्मीहरू सँधै आफ्नो खुट्टामा उभिनका लागि सन्तानलाई जोड दिन्छन्। किनकि उनीहरूका अनुसार सबै पुरूष दुर्व्यवहार‚ विश्वासघात र शोषण गर्छन्।

एक त उनीहरूलाई रेडलाइट इलाकामा बस्नुपर्ने बाध्यता छ। जहाँ असुरक्षित वातावरण र घरको अभावका साथसाथै उनीहरूमाथि लागेको चरित्रहीनको दागलाई पनि झेलिरहनुपर्ने पीडा छ।

प्रायः मानिसहरू यौनकर्मीहरू एक असल अभिभावक बन्न सक्दैनन् भनेर मुल्याङ्कन गर्छन्। उनीहरूका अगाडि नैतिकताको कुरा सिकाउने गरिन्छ।

मिताली (बदलिएको नाम) का अनुसार उनको कोठामा जम्मा एउटा खाट छ। पुरानो कोठा छ‚ जहाँको सिँढी भाँचिएको छ। भित्ता पनि भत्किन लागेका छन्।

उनी कमाठीपुरामा आएको १५ वर्ष भइसकेको छ। श्रीमानको मृत्युपछि दुई सन्तानलाई पाल्न उनी आफ्नो माइत गएकी थिइन्। तर‚ उनका बा आमा अत्यन्तै गरिब थिए।

मिताली भन्छिन्‚ ‘आमा बा यति गरिब थिए कि हामीलाई खान पनि धौ धौ पर्ने गर्थ्यो।’

उनी यो ठाउँमा उनकै एक परिचित व्यक्तिको माध्यमद्वारा आएकी थिइन्। जसले उनलाई कसैको घरमा कुचिकारको काम लगाइदिने भनी विश्वास दिलाएको थियो। तर दुर्भाग्यवश‚ अरू झैं उनी पनि रेडलाइट इलाकामा पुगिन्।

पछि उनले गाउँबाट आफ्ना दुई सन्तानलाई पनि त्यहीँ नै ल्याइन्। उनले ती साना नानीबाबुलाई विभिन्न गैरसरकारी संस्थाहरू‚ डे केयर सेन्टर‚ नाइट केयर सेन्टरमा भर्ना गरिदिइन्।

ती बच्चा आफ्नी आमालाई भेट्न दिनमा जम्मा दुईचोटीमात्र जान पाउँछन्। नाइट सेल्टरमा नुहाइधुवाइ गरिसकेपछि र ब्रेकफास्ट गरिसकेपछि स्कुल जानका लागि।

मिताली बिहान पाँचै बजे ब्युँझिन्छिन् र आफ्नो छोराका लागि  टिफिन तयार गर्छिन्। अनि फेरि सत्छिन् र दिउँसो ब्युँझिएर फेरि आफ्नो छोराको लागि खाना बनाउँछिन्‚ जो हरेक रात खाना खाएर नाइट सेल्टरमा जान्छन्।

त्यसपछि मिताली आफ्नो कामका लागि तयार हुन्छिन्।

उनी भन्छिन्‚ ‘म मेरो छोराको लागि जे गर्न सक्छु‚ त्यो सबै गरिरहेकी छु। म पनि त एउटी आमा हुँ। आफ्ना बच्चा सबैभन्दा खुसी होउन् भन्ने रहर कुन आमामा हँदैन र? ममा पनि त्यही छ‚ जुन आम आमाहरूमा छ।’

तर‚ यहाँ काम गर्ने प्रायः सबैका सन्तानलाई सुरू सुरुमा आफ्नी आमाले पनि अरुका आमाले झैं काम गरेर कमाउँछिन् भनेर सोच्ने गर्छन्। केही समयपछि यथार्थ सबैसामु छर्लङ्ग हुन्छ। तर‚ भोगिइसकेको त्यो समयलाई बदल्न चाहेर बदल्न कहाँ सकिन्छ र? 
मिताली भन्छिन्‚ ‘अब त मेरा लागि घर नै यही भइसक्यो’

उनका अनुसार छोरीलाई त्यहाँ राख्न अत्यन्तै कठीन छ। अचेल मिताली वर्षमा एक दिन आफ्नो गाउँ जान्छिन् र आफ्नी छोरीसँग भेट्छिन्।

मिताली सुनाउँछिन्‚ ‘मसँग केवल एउटा सानो खाट छ। तर यो नै मेरा लागि घर हो। मानिसहरू फुटपाथमा त जीवन कटाउँछन्। मेरो त बस्नलाई एउटै भए नि कोठा छ। मेरो छोरोलाई पनि थाहा छ कि उसले दिन–रात सेल्टरमा बिताउनुपर्छ। उसलाई यो पनि थाहा छ कि म उसको घर हुँ।’

मितालीले यी सबै कुरा गरिरहँदा उनको मुहारमा उदासीपन स्पष्टैसँग देख्न सकिन्थ्यो। सुरु–सुरुमा त उनी आफूलाई सम्हाली–सम्हाली बोलिरहेकी थिइन्‚ वर्षौंदेखि भोग्दै आएको विश्वासघातले प्रत्येक कुरामा सन्देह गर्न सिकाएको छ।

केही समयपछि उनी आफूले महशुस गरेको एक्लोपन र निराशाको बारेमा कुरा सुनाउन थाल्छिन्। उनीहरू यस्तो ठाउँमा बस्छन् जहाँ यौनकर्मीहरू आमा हुँदा पनि प्रश्न उठाउने गरिन्छ। उनलाई पनि ठिक यस्तै हुन्छ।

छोराको जन्मदिनका लागि उनी पैसा जम्मा गर्छिन् ताकि नयाँ कपडा‚ केक किन्न सकियोस्।

मिताली सुनाउँछिन्‚ ‘मेरो जिन्दगी त अब बर्बाद भइसक्यो तर म मेरो छोरोको जिन्दगी पनि यसैगरी बिग्रियोस् भन्ने चाहन्नँ। छोरोले आफ्नै बलमा केही नोकरी गरोस् भन्ने चाहन्छु।’

उनले पनि अरु यौनकर्मीहरूले झैं खाट भाडामा लिनुपर्ने हुन्छ। उक्त खाटको एकपटक प्रयोग गरेको २० रुपैयाँ लाग्ने गरेको छ। 

मितालीका अनुसार उनको कोठामा कोही आउन  चाहँदैनन्। त्यसैले उनलाई अर्कै खाट भाडामा लिनुपर्ने बाध्यता छ।

धेरै महिलाहरू आफ्ना भिन्न–भिन्न कारणले गर्दा एक्लोपनको सामना गरिरहनुपरेको छ। जस्तो कि सही जीवनसाथी नपाउनु‚ स्वतन्त्रताका लागि तथा विवाहपछि आइपर्ने तिरस्कारबाट बँच्नका लागि यौनकर्मी हुनुपर्ने बाध्यता प्रायःको छ।
उनलाई लाग्छ– हरेक पुरूषले उनलाई शोषण र तिरस्कार गर्छन्। यसकारणले पनि उनी एक्लै बस्न मन पराउँछिन्। 

यथार्थ त यो हो कि यौनकर्मीको कामलाई लिएर समाजमा मनोमानी ढङ्गले गरिएको मुल्याङ्कनबाट यौनकर्मीका सन्तानले समेत विद्यालय र समाजमा धेरै नै भेदभावको सामना गर्नुपर्छ।

बीबीसी हिन्दीबाट भावानुवाद प्रदीप खद्योत । तस्बिर : एसियावनडटकम
 

प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६  ०६:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ?
सम्बन्धित सामग्री
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु स्थानीय बासिन्दाहरू भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा गएराति दुर्घटना भएको हो। भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको मा... बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण साउदी अरबको पूर्वी प्रान्तमा रहेको विश्वकै ठूलो तेल कम्पनीमध्ये एक अरामकोको प्रशासनिक भवनमा मंगलबार आक्रमण हुँदा सीमित आगलागी भएको छ... बुधबार, असोज २८, २०८३
भारतमा विरोध प्रदर्शनका क्रममा विपक्षी नेताहरू हिरासतमा मंगलबार राजधानी नयाँदिल्लीस्थित ऐतिहासिक प्रदर्शनस्थल जन्तर मन्तरमा लगाइएको कडा सुरक्षा घेरा र बारहरू तोडेर प्रवेश गरेपछि प्रहरीले उ... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने बुधबार, असोज २८, २०८३
आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ विजयी, पाए ३२४५ मत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्