इटहरी– इटहरी उपमहानगरपालिकाबाट १२ कर्मचारी निस्कासित भएका छन् । निस्कासित हुनेहरुमा अधिकांश स्वास्थ्य सेवाका कर्मचारी छन् । उनीहरु लामो समय करार नवीकरणविना कार्यरत थिए।
यसअघि मेयर द्वारिकलाल चौधरीले बारम्बार १२ कर्मचारी निकाल्ने बताउँदै आएका थिए । कर्मचारी कुटेर चर्चामा आएका मेयरले धमाधम कर्मचारी निस्कासित गर्न थालेका हुन्। यसले गर्दा उपमहानगरमा कर्मचारी अभाव खड्किँदै गएको छ । यसअघि नै वरिष्ट इन्जिनियर अर्जुन दाहाल र इन्जिनियर विकास भट्टराईले राजीनामा बुझाईसकेका छन्।
संघीय सरकारले कर्मचारी पठाएपछि उपमहानगरको खर्च घट्ने भन्दै कर्मचारी निस्कासित गरेको चौधरीको भनाइ छ। यसअघि नै आफूले उपमहानगरको खर्च घटाउने बिषयमा बारम्बार पहल गर्दै आएकाले दीर्घकालीन उपाय अपनाइएको उनको तर्क छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।