एजेन्सी– अफगानिस्तानको गजनी प्रान्तमा सोमबार एक यात्रुवाहक विमान दुर्घटना भएको छ। गजनी प्रान्तको तालिबाननियन्त्रित क्षेत्रमा विमान खसेको हो।
प्रान्तीय गभर्नरका प्रवक्ताले विमान स्थानीय समयअनुसार अपरान्ह १.१० बजे देहयाक जिल्लामा विमान दुर्घटना भएको बताए।
विमानमा कति यात्रु थिए र के कारणले दुर्घटना भएको भन्नेबारे यकिन जानकारी आइसकेको छैन।
सुरुमा एरियाना एयरलाइन्सको विमान दुर्घटना भएको भनिएपनि उक्त एयरलाइन्सले समाचारको खण्डन गरेको छ।
हिन्दुुकुश पर्वत श्रृंखलामा पर्ने उक्त प्रान्तमा निकै चिसो भएकाले थप जानकारी आउन समय लाग्नेब बताइएको छ।
सांकेतिक तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।