काठमाडौं- नवनिर्वाचित सभामुख अग्नि सापकोटाले आफू आबद्ध दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट राजीनामा दिएका छन्।
सभामुखको पद तथा गोपनीयताको सपथ लिई पदभार सम्हालेको केही घण्टापछि सोमबार उनले नेकपाको सदस्यबाट राजीनामा दिएका हुन्।
'संघीय संसदको प्रतिनिधिसभामा सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्ष रुपमा निर्वाह गर्नका लागि यसभन्दा पूर्व म संलग्न भई कार्य गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक दलको सम्पूर्ण जिम्मेवारीबाट अब उप्रान्त आजैको मितिबाट मेरो संलग्नता नरहेको व्यहोरा समेत अनुरोध गर्दै उक्त राजनीतिक दलको सदस्यबाट पनि म अलग रहेको जानकारी गराउँदछ,' सोमबार सापकोटाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ।
सापकोटा नेकपाको स्थायी समिति सदस्य थिए।
उनी आइतबार निर्विरोध सभामुखमा निर्वाचित भएका हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।