काठमाडौं– नेपाल कम्युनष्टि पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जातीय मुक्तिका लागि संविधान संशोधन गरेर भए पनि अगाडि बढ्ने बताएका छन्।
पार्टीको भातृ संगठन आदिवासी जनजाती महासंघको सपथग्रहण कार्यक्रममा दाहालले जातीय मुक्ति, समानता र समानुपातिकता हासिल गर्न संविधान संशोधन गरेर भए पनि अगाडि बढ्ने बताएका हुन्।
उत्पीडित वर्ग, जाति तथा समुदाय अझै पनि पूर्ण रुपले मुक्त हुन नसकेको उल्लेख गर्दै दाहालले शान्तिपूर्ण रुपमा एकताबद्ध भएर संविधान संशोधन गरिने बताए।
विकास र समृद्धिको यात्रालाई सामाजिक व्यवस्थासहित समाजवादतिर अगाडि बढाउँदै गएमात्रै सोचेजस्तो समानता प्राप्त हुने उनको धारणा थियो । दाहालले साम्राज्यवाद र सामन्तवादका विरुद्धको लडाइँ जितेको भए पनि अझै समानताको पुरै लडाइँ जित्न बाँकी रहेको र यसका लागि मिहिनेत गरी एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताए।
साम्प्रदायिक विद्वेश फैलाउने र जाति–जातिबीच लडाइँ गराउने पूँजीपति र साम्राज्यवादीको नीति र कम्युनिष्टहरुले अघि सारेको जातीय हक अधिकार जातीय मुक्तिको कुरा फरक भए पनि बुर्जुवाहरुले यसलाई गोलमाल गर्ने गरेको उनले बताए।
अध्यक्ष दाहालले सबैलाई समान अधिकार प्राप्तिको सुनिश्चिता नभएसम्म देशमा भौगोलिक विविधता र विविधतायुक्त एकता कार्यम गर्न नसकिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।