काठमाडौं– सरकारले नदी तथा खानीजन्य पदार्थको उत्खनन र प्रयोगबारे अध्ययन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ। गृहमन्त्रालयमा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।
समितिले ढुंगा,गिटी, बालुवालगायत नदी तथा खानीजन्य पदार्थको उत्खनन र प्रयोगका सम्बन्धमा दर्ता भए–नभएको, मापदण्ड पुगे नपुगेको र पर्यावरणअनुकूल भए–नभएको लगायतको यकिन गरी विस्तृत विवरणसहितको प्रतिवेदन दिनेछ ।
समितिलाई अन्तरमन्त्रालय समन्वय गरी कानुनबमोजिम कार्यान्वयनको सुनिश्चितता गर्न पनि भनिएको छ। समितिमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिवहरु सदस्य रहनेछन्।
यस्तै, बैठकले खानी तथा नदीजन्य पदार्थ माटो, ढुंगा गिटी वालुवाको उत्खनन र प्रयोगलाई व्यवस्थित गर्न मापदण्ड आवश्यक रहेकाले सोसम्बन्धी तयार पारिएको ‘राष्ट्रिय मापदण्ड’ मन्त्रिपरिषद्बाट छिटो पारित गर्न अनुरोध गर्ने निर्णय पनि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।