काठमाडौं- इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावास नजिकै रकेट प्रहार भएको छ। उक्त आक्रमणमा परी कम्तिमा पनि तीन जना घाइते भएको जनाइएको छ।
आइतबार अमेरिकी सेनालाई इराकबाट फिर्ता गर्नुपर्ने माग राख्दै प्रदर्शनमा उत्रिएका इराकी प्रदर्शनकारीका बीच रकेट खसालिएको जनाइएको छ।
सो रकेट कसले र किन खसालेको भन्ने बारे भने अझै पनि स्पष्ट हुनसकेको छैन। अमेरिकी दूतावासले भने उक्त रकेट इरानले खसालेको आरोप लगाएको छ।
यसैबीच‚ इराकी प्रधानमन्त्री अदेल अब्दूल मेहदीले उक्त आक्रमणको भर्त्सना गर्दै निरन्तर गरिएका यस्ता आक्रमणले इराकलाई युद्धको मैदान बनाइरहेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।