एजेन्सी–कुनै औपचारिक कार्यक्रमको आयोजना हुँदा रेड कार्पेटमा गायिका कार्डी बी सहभागी हुनु अनि उनी चर्चामा नआउनु असम्भव नै छ। किनकी केही न केही युनिक काम गरेर भए पनि उनी हेडलाइन्समा आउछिन् नै। यो मानेमा ग्रामी अवार्ड कार्यक्रममात्र कसरी अछुतो बनोस्।
ग्रामीमा कार्डी सहभागी भइन्, रेड कार्पेटमा पनि हिडिन् अनि हेडलाइन्स पनि बनिन्। यो पटक हेडलाइन्सका विषय बन्यो उनले लगाएको पारदर्शी गाउन। कार्यक्रममा सहभागी हुन आएकी उनी पूर्ण पारदर्शी गाउनमा कार्यक्रममा सहभागी भएकी थिइन्।
लस एन्जलसमा आयोजित कार्यक्रममा उनी जव रेड कार्पेटमा सहभागी भइन् कार्यक्रमको समाचार संकलनमा खटिएका क्यामेराका लेन्स उनीतिर सोझिए। यो वर्षको ग्रामी उनका लागि विशेष पनि थियो। उनको पहिलो एल्बमले ग्रामी जितेको एक वर्ष पुग्यो। उनी दोस्रो एल्बमको तयारीमा छिन्। कार्यक्रममा सहभागी भएकी उनलाई उनको पोशाकबारे चासो राख्दा ‘म केमा हट देखिन्छु भन्दा पनि मलाई के लगाउँदा सहज हुन्छ, त्यही लगाउने‚’ प्रतिकृया दिएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।