बेल्जियम–फिनल्याण्डकी निरुषा खत्रीले मिस युरोप नेपाल २०२० को ताज जितेकी छिन्। बेल्जियमको लुभेन शहरमा आईतवार सम्पन्न मिस युरोप नेपाल २०२० को प्रतिष्पर्धामा उनले उपाधी पाएकी हुन्।
मिस युरोप नेपाल २०२० उपाधी जितेकी खत्रीलाई मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले ताज पहिर्याईन् ।
उनले ताज पाउन युरोपका बिभिन्न देशका १२ जना प्रतिस्पर्धीलाई उछिनेकी थिइन्।
ड्रिम्स नेपाल बेल्जियमले आयोजना गरेको मिस युरोप नेपाल २०२० मा फष्ट रनर अपको उपाधी आयरल्याण्डकी संगिता थापाले जितिन । सेकेण्ड रनर अपको उपाधी बेल्जियमकी ज्योति भट्टले हात पारिन ।
ड्रिम्स नेपालकी संस्थापक योगिता थापा र हिडेन ट्रेजररका अध्यक्ष दिवाकर राजकर्णिकारबीच भएको सम्झौता अनुसार मिस युरोप नेपालकी उपाधी बिजेता खत्री नेपालमा आयोजना हुने मिस नेपालको फाईनल राउण्डमा सोझै प्रवेश पाउनेछिन् ।
कार्यक्रममा युरोपका बिभिन्न देशका प्रतिस्पर्धीले भाग लिएका थिए ।
गैर आवासीय नेपाली संघको महिला बिभागसंगको सहकार्यमा युरोपका बिभिन्न देशमा मिस युरोप नेपालका लागि आयोजना गरिएको अडिसनबाट फिनल्याण्डकी निरुशा खत्री, फ्रान्सबाट अस्मिता ढकाल, श्रेया भण्डारी, सुष्मिता न्यौपाने,नर्वेबाट श्रद्धा थापा, अष्ट्रियाबाट स्नेहा मल्ल, सुशिला बोहरा, जर्मनीबाट समा पराजुली, आश्मा घिमिरे,बेल्जियमबाट ज्योति भट्ट, लुना श्रेष्ठ, सविना नेपाली, स्वीजरल्याण्डबाट रोजमेरी भाटिया, आयरल्याण्डबाट संगिता थापा छानिएकी थिईन ।
प्रतियोगिताको फाइनल प्रतिस्पर्धाको निर्णायकमा मिस नेपाल २००५ सुगारिका केसी, गायिका नलिना चित्रकार र अफिसियल डे«स डिजाईनरमा युवी थापा रहेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।