डडेल्धुरा- भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतकाे पूर्वाधार कार्यालय डडेल्धुरामा बम विष्फोट भएको छ।
बम विष्फोटबाट कार्यालयका झ्यालको शिसा, ढोका, लाइट र ब्रन्डामा क्षति पुगेको कार्यालयले जनाएको छ। राति १२ः१५ बजेतिर बम विष्फोटको आवाज आएको स्थानीयले बताएका छन्। तर, जिल्ला प्रहरी कार्यालय डडेल्धुराले भने बम नै हो भन्ते एकिन नभएको बताएको छ।
प्रेस कुकरका केही भागहरु घटनास्थलबाट प्रहरीले बरामत गरेकाले बम नै विष्फोट गरेका आंशका गरिएकाे छ। थप अनुसन्ध भइरहेकाे जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख दधिराम न्यौपानेले बताए।
बम कसले विस्फाेट गराएको हो भन्ने बारे थाहा लाग्न सकेकाे छैन। अमरगढी ५ मा रहेको कार्यालयकाे डोटीमा पनि कार्य क्षेत्र पर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।